×

NMB BANK
NIC ASIA

नोबेम्वर ३० तारिक भित्र सगुनको लगानी फर्म भरिसकेका लगानीकर्तालाई पैसा वायर गर्न थप समय दिइने

मंसिर १४, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं । नेपालीले स्थापना गरेको आइटी स्टार्ट अप कम्पनी सगुनले निस्कासन गरेको मिनी आइपिओमा लगानी गर्न पाउने अबधि अब केही घण्टा मात्र बाकी छ ।

Muktinath Bank

अमेरिकी नियामक सेक्युरिटी एक्स्चेन्ज कमिसन (एसइसी) एक्सचेन्जबाट अनुमति पाएर मिनी आइपिओ निस्कासन गरेको सगुनमा पछिल्लो समय लगानीकर्ताहरुको ओइरो लागेको छ । सगुनले अमेरिकी समयअनुसार नोभेम्बर ३० को मध्यरातसम्म आवेदन लिने जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लगानी गर्न फर्म भरिसकेका लगानीकर्ताले अत्यधिक चाप ताथ बिभिन्न कारणले बैकबाट वायर गर्न नसकेको खण्डमा थप केही सयम उपलब्ध गराउने सगुनले बताएको छ । एकहप्तासम्म समय दिइए पनि जतिसक्दो चाँडो वायर गर्न समेत आवहान गरेको छ ।


Advertisment
Nabil box
Kumari

सगुनको आइपिओमा विश्वभरबाट लगानी गर्न सकिन्छ । नेपालको कानुनले विदेशमा लगानी अझै खुलाइनसकेको कारण नेपाल भित्रबाट भने लगानी गर्न सकिदैन तर बिदेश बस्ने बैक खाता भएका ब्यक्तिहरुले भने लगानी गर्न सक्नेछन् । सगुनको मिनि आइपीओमा प्रतिकित्ता २३ रुपैयाँ दरका सेयर कम्तीमा १ हजार डलर लगानी गर्न सकिन्छ । सगुनले सेयर किन्न आवेदन फारम भरिसकेकाहरुलाई वायर ट्रान्सफर गरेर पैसा पठाउन भने थप एक साता समय दिने बताइउको छ ।

Vianet communication
Laxmi Bank

कसरी गर्ने आवेदन ?

सगुनमा लगानी गर्न www.sagoon.com/invest लिंकमा गएपछि पहिलो चरणमा आफ्नो नाम, इमेल ठेगाना, ब्यक्तिगत, सामुहिक, कम्पनी, ट्रस्टमध्ये केबाट लगानी गर्ने हो भनेर खुलाउनु पर्छ । त्यसपछि कति डलर लगानी गर्ने, कति सेयर संख्या बराबर भन्ने छनौट गर्नु पर्छ । त्यहाँ विभिन्न चार वटा अप्सन आउँछ । अमेरिकामा बस्नेहरुका लागि इलेक्ट्रोनिक चेक, चेक मेल गरेर, क्रेडिट÷डेविट कार्डमार्फत र वायर ट्रान्सफर गरेर सगुनलाई रकम पठाउने सुविधा हुन्छ ।

अमेरिकाबाहेकका अन्य मुलुकबाट भने क्रेडिट÷डेविट कार्डमार्फत र वायर ट्रान्सफर गरेर मात्र रकम बुझाउने विकल्प छन् । अष्ट्रेलिया र भारतबाट बैकबाट वायर गरेर मात्र गर्न सकिनेछ । यसपछि सुरु हुन्छ दोस्रो चरणको विवरण भर्ने । यस चरणमा लगानीकर्ताको जिप कोड सहितको ठेगाना, मोवाइल नम्बर जन्म मिति लगायत भर्नु पर्छ । तेस्रो चरणमा बार्षिक आम्दानी खुलाउनु पर्छ । बार्षिक २ लाख डलरसम्म आम्दानी गर्नेहरुले अमेरिकामा कमाइको १० प्रतिशतसम्म सेयरमा लगानी गर्न सक्छन् । त्यसभन्दा बढी कमाइ गर्नेका लागि भने लगानी गर्ने रकमको सीमा छैन । फर्मको अर्को चरणमा कम्पनीसँग केही बुँदामा सम्झौता गर्नु पर्ने हुन्छ ।

त्यहाँ आफ्नो पूरा नाम हालेर हस्ताक्षर गर्नु पर्छ । हस्ताक्षर विद्युतीय हुन्छ । यसमा नाम लेखेर हस्ताक्षर गर्न सकिनेछ । त्यसपछि रकम तिर्ने क्रेडिट÷डेविट कार्डको नम्बर, सुरक्षा नम्बरलगायतको विवरण फर्ममा भर्नुपर्छ । यसपछि रकम सगुनको सेयर निस्कासन प्रत्याभूती गर्ने कम्पनीको खातामा जान्छ । सगुनमा लगानी भिसा, मास्टर कार्ड, डिस्कोभर कार्डबाट सकिन्छ । क्रेडिट कार्डमा भ्यालिड सेक्युरिटी कोड भने हुनै पर्छ । एकभन्दा बढी क्रेडिट कार्डबाट जोडर एकमुष्ट रकम पठाउँछु भन्न मिल्दैन । जति रकमको सेयर किन्ने हो, एउटै क्रेडिट कार्डबाट भुक्तानी दिनु पर्छ । साथै बैक खाता भएका ब्यक्तिले बैकबाट वायर ट्रान्सफर गरेर समेत लगानी गर्न सक्नेछन ।

 अन्तिम समयसम्म कुरेर लगानी गर्नुभन्दा समयमै आवेदन गर्नु उपयुक्त हुन्छ । सगुनले लगानी गर्न चाहनेहरुका लागि नेपाल, भारत र अमेरिकामा रहेका आफ्ना प्रतिनिधिहरुलाई चौबीसै घन्टा सहयोगका लागि खटेका छन, सगुन डटकम/इन्भेष्ट पेजमा भएको लाइभ च्याटबाट सबै कुरा बुझ्ने ब्यवस्था मिलाएको छ । लगानीकर्ताले केही समस्या भोग्नु परे उनीहरुले तुरुन्तै समाधान गर्ने छन् । सगुनको आधिकारिक पेजमा यस सम्बन्धी सम्पूर्ण विवरण अध्यावधिक गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x