×

NMB BANK
NIC ASIA

नेपालको निर्वाचनबारे द वाशिङटन पोस्टको टिप्पणी : यो चुनाव भारत र चीनबीचको लडाईं

मंसिर २१, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २१ मंसिर — नेपालमा भइरहेको प्रतिनिधिसभा÷प्रदेशसभा निर्वाचनको दोस्रो चरणको पूर्वसन्ध्यामा अमेरिकाको प्रभावशाली दैनिक पत्रिका द वाशिङटन पोस्टले टिप्पणी गरेको छ । 

उक्त पत्रिकाको भारत संवाददाता विधि दोषीले बुधवार प्रकाशित गरेको उक्त टिप्पणीमा यस ऐतिहसिक निर्वाचनलाई छिमेकका दुई ठूला मुलुक भारत र चीनले चासो दिएर हेरिरहेको लेखिएको छ । दुवै देशले नेपालमा आफ्ना राष्ट्रिय साझेदारको जीतको अपेक्षा गरिरहेको उल्लेख गरेका छन् । 

‘चीनले एसियाभरि आफ्नो प्रभाव विस्तार गरिरहँदा नेपालमा पनि लगानी बढाइरहेको छ । यो घटनाक्रमले भारत चिन्तित भएको विश्लेषकहरू बताउँछन् । यस्तो अवस्थामा नेपालमा चुनाव भइरहेको छ,’ दोषी लेख्छिन् । 

‘नेपाल एक छिमेकीसँग मात्रको निर्भरताबाट मुक्त भएको छ,’ वाम गठबन्धनका नेता खड्ग प्रसाद शर्मा ओलले पोखरामा भएको निर्वाचन –यालीमा उत्साहित भीडलाई सम्बोधन गर्दै भने । 

‘वाम गठबन्धनले नेपालमा चीनको शक्ति प्रयोग गरी भारतको प्रभुत्वलाई टक्कर दिन आह्वान गरेको छ,’ द वाशिङटन पोस्टको विश्लेषणमा उल्लेखित छ । ‘अर्कातर्फ प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतसमर्थकका रूपमा हेरिन्छ र उनले भारतीय तथा चिनियाँ शक्तिलाई सन्तुलनमा राख्नुपर्ने बताउँदै आएका छन् ।’

चीनले नेपालमा प्रभाव विस्तार गर्दै गर्दा विश्लेषकहरूले भारतीय नेताहरू चिन्नित भएको विश्लेषण गरेका छन् । नेपालसँगको लामो र खुला सीमाका कारण भारतमा चिनियाँ सामानको निर्यातको मात्रा ह्वात्तै बढ्ने उनीहरूको चिन्ता हो । सीमालाई सुरक्षा दिँदा भारतको सैन्य स्रोतलाई भार पर्ने विधि दोषीको टिप्पणी छ । 

धेरै नेपालीका लागि छिमेकीबीचको टक्करले बिहीवार मत हाल्ने बेलाको निर्णयलाई प्रभावित पार्ने द वाशिङटन पोस्टको विश्लेषण छ । सुर्खेतबाट मतदान गर्ने उमेश गिरीलाई उद्धृत गर्दै द वाशिङटन पोस्ट लेख्छ, ‘हामीहरू भारतबाट बारम्बार प्रताडित छौं । त्यसैले फरक विदेशनीति अपनाउनु महत्त्वपूर्ण हुन्छ ।’

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २१, २०७९

यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको दुवै मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार मतगणना सकिएसँगै थ्रेस होल्ड कटाएर सात राजनीतिक दल राष्ट्रिय दल बनेका ...

मंसिर ७, २०७९

प्रतिनिधिसभा निर्वाचनमा अर्घाखाँचीबाट एमालेका उम्मेदवार टोपबहादुर रायमाझी विजयी भएका छन् । अघिल्लो निर्वाचनमा माओवादीबाट विजयी उनी नेकपा विभाजनपछि एमालेतिर लागेका थिए ।  उनै रायमाझीले बुधबार राति सम्...

असोज २७, २०७६

काठमाडौँ–राष्ट्रपति विद्यादेवी भण्डारीले म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा यही असोज २९ देखि कात्तिक ३ गतेसम्म त्यहाँको राजकीय भ्रमण गर्ने भएकी छिन् ।   भ्रमणका अव...

मंसिर २४, २०७४

काठमाडौं,२४ मंसिर– भक्तपुरको निर्वाचन क्षेत्र नंबर २ को प्रतिनिधिसभा सदस्यमा एमालेका महेश बस्नेत विजयी भएका छन् । उनले   ३६ हजार ४ सय १२ मत पाप्त गरेका छन् । उनका प्रतिस्पर्धी  नेपाली कांग्...

बैशाख ३०, २०७९

आफैं मतपत्रमा धमाधम छाप हाल्दै गरेका सर्लाही बलरा नगरपालिकाका मतदान अधिकृत राजकिशोर साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक प्रविण पोख...

मंसिर ७, २०७९

राप्रपाले बाँके २ बाट जीतको खाता खोलेको छ । राप्रपाका महामन्त्री धवलशमशेर राणाले विजय हासिल गरेका हुन् ।  उनले २९ हजार ५७७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी जसपाका मोहम्मद ईश्तियाक राईले २३ हजार ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x