माघ १८, २०८०
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
काठमाडौं, २१ मंसिर– धेरैलाई संशय थियो – मंसिर १० र २१ मा प्रतिनिधि/प्रदेशसभाको चुनाव हुन्छ भन्नेमा । गएको असोज १८ गते नेकपा एमाले र माओवादी केन्द्रबीच वामपन्थी गठबन्धन भएपछि मंसिरका लागि तोकिएको निर्वाचन सरकारले पर सार्ने अनेकौं अड्कलबाजी भए ।
चुनावको मिति सार्न देउवामाथि कांग्रेसकै कतिपय नेताले दबाब दिएको सूचना आइरहेका थिए ।
देउवाले चुनाव सार्ने आशंकामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक रूपमै भनेका थिए – चुनाव सारिए संसद् पुनःस्थापना हुन्छ । वामपन्थी गठबन्धनले चुनाव जिते अधिनायकवाद आउँछ भनेर प्रचार गरेपनि देउवाले चुनाव सार्ने अभिव्यक्ति कहिल्यै दिएनन् । उनले निर्वाचन आयोगलाई आश्वस्त बनाए – तोकिएको समयमै चुनाव हुन्छ । तयारी थाल्नुस् ।
व्यापक अड्कलबाजी विपरीत सरकारले मंसिर १० गते पहिलो चरणमा चुनाव गरायो भने दोस्रो चरणको चुनाव पनि छिटफुट घटनाबाहेक शान्तिपूर्ण रूपमा आज सम्पन्न भयो ।
संविधान कार्यान्वयन गर्ने र राजनीतिक संक्रमण अन्त्य गर्ने महत्त्वपूर्ण चुनाव सम्पन्न गराएकोमा प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा बधाईको पात्र बनेका छन् । प्रतिनिधि÷प्रदेशसभाको ऐतिहासिक निर्वाचन सम्पन्न गराएर देउवाले आफूमाथि लाग्दै आएको ‘असक्षम’ को कलंकको धब्बा मेटाएका छन् ।
उनलाई मनैदेखि धन्यवाद दिन कञ्जुस्याइँ गर्नुहुँदैन । ‘देउवा डिजर्भ्स क्रेडिट फर दी इलेक्सन’ अर्थात् चुनाव गराएको जस देउवालाई दिनैपर्छ ।
देउवा यस्ता पात्र हुन्, जसलाई चुनाव गर्न नसकेको आरोपमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले ‘असक्षम’को आरोप लगाउँदै पदच्युत गरेका थिए । २०५९ साल मंसिरमा चुनाव गर्न नसकेको आरोपमा देउवा ज्ञानेन्द्रबाट बर्खास्तगीमा परेका थिए ।
मंसिरका लागि तोकिएको चुनाव गर्न नसक्ने भएपछि तत्कालीन राजा ज्ञानेन्द्रले विक्रम संवत् २०५९ असोज १९ को कदममार्फत देउवालाई विस्थापित गरेर प्रत्यक्ष शासनको शुरुवात गरेका थिए ।
चुनाव गराउन असक्षम भनेर लागेको आरोप देउवाले १५ वर्षपछि व्यवहारतः खण्डन गरेका छन् । आफूमाथि लागेको कालो धब्बा मेटाएका छन् ।
पार्टी हार्ने जान्दा जान्दै मोले जोखिम
कांग्रेस सभापति देउवाले नबुझेका होइनन्, चुनावी माहौल आफ्नो वा नेपाली कांग्रेसको पक्षमा छैन । कांग्रेसको स्थिति कमजोर भएको विश्लेषण भइरहेका बेला देउवाले निर्वाचन गर्ने हिम्मत लिए । जोखिम मोले । त्यसकारणले पनि उनी बधाईको पात्र बनेका छन् ।
२०६४ सालको संविधानसभा चुनावमा पनि तत्कालीन कांग्रेस सभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले चुनाव सम्पन्न गराएका थिए । पहिलो संविधानसभाले संविधान दिन त सकेन तर हिंसात्मक विद्रोहमा रहेको माओवादीलाई शान्तिपूर्ण प्रतिस्पर्धात्मक राजनीतिमा ल्याउन उक्त निर्वाचन कोशेढुङ्गा साबित भएको थियो ।
यसअघि संसदमा दोस्रो र तेस्रो हैसियतमा रहेका पार्टी मिल्दा कांग्रेस स्वाभाविक रूपमा केही कमजोर बनेको टिप्पणी भइरहेको छ । स्थानीय तहको निर्वाचनको नतिजा आँकलन गर्दापनि कांग्रेसको स्थिति मजबूत थिएन ।
तरपनि कांग्रेसले चुनावको सामना ग–यो । आफ्नो पार्टीको पक्षमा जनलहर नहुँदा पनि देउवा चुनावबाट पछि हटेनन् । चुनावी नतिजा कांग्रेस या वामपन्थी गठबन्धन जसको पक्षमा गएपनि चुनाव भएपछि देशले जितेको छ । लोकतन्त्रले जितेको छ ।
प्रतिनिधिसभा निर्वाचनपछि मुलुक राजनीतिक स्थिरता र आर्थिक समृद्धिको मार्गमा प्रवेश गर्नेछ । अब बन्ने सरकारले आम अपेक्षा र चासोअनुसार काम गर्नु चाहिँ पर्छ ।
यसर्थ चुनावी नतिजा कसको पक्षमा जान्छ त्यो गौण कुरा हो । नौ महिनामा सरकार फेरबदल हुने राजनीतिक कुसंस्कारको शिकार बनेको मुलुकले स्थिर सरकार पाउने वातावरण तयार हुनुपर्छ ।
चुनावको नतिजा जस्तो आएपनि र भोलिको दिनमा जसको सरकार गठन भएपनि देश राजनीतिक स्थायित्व र समृद्धिको बाटोमा गयो भने त्यसको श्रेय देउवाले पनि पाउनेछन् । तमाम आशंकालाई मेट्दै चुनाव सम्पन्न गराएकोमा यति चाहिँ भन्न हिच्किचाउनु हुन्न – स्याबास, प्रधानमन्त्रीज्यू !
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...