×

NMB BANK
NIC ASIA

ललिपपबाट घर धान्दैछन् यहाँका महिला

मंसिर २३, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

इलाम, २३ मंसिर–थोरै लगानीमा यहाँका महिला ललिपप उद्योग खोलेर मनग्य आम्दानी गर्दै आएका छन् । 

Muktinath Bank

जिल्लाको पशुपतिनगर, सूर्योदय नगरपालिकास्थित फिक्कल, पञ्चकन्या, साँखेजुङ, गोदक लगायतका गाउँका महिला ललिपप उद्योगमा लागेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इलाम ललिपप उद्योग दर्ता गरेर विगत पाँच वर्षदेखि ललिपप बनाउँदै आएकी साँखेजुङकी दुर्गाकुमारी राईले भन्नुभयो, “दुई–चार पैसा कमाउनबाहिर जानु पर्दैन्, सीप र जाँगर भए स्वदेशमै केही गर्न सकिन्छ ।” 


Advertisment
Nabil box
Kumari

उद्योगमा काम गर्ने सातजना महिलालाई मासिक रु सात हजारसम्म तलब दिएर पनि दुर्गाकुमारीले मासिक रु ४० हजारदेखि रु ४५ हजार आम्दानी गर्ने गरेको बताउनुभयो । 

Vianet communication
Laxmi Bank

अधिकांश महिलाले बिहानको घरधन्दा सिध्याएर ललिपप उद्योगमा काम गर्न आउने गरेको दुर्गाकुमारीले बताउनुभयो । “म आफ्नो काम भ्याएर पनि बजार व्यवस्थापनमा साथ दिने गर्छु,” दुर्गाकुमारीका श्रीमान चन्द्र राईले भन्नुभयो, “इलाम, फिक्कल र कुटीडाँडा हाम्रो मुख्य बजार हो । टाढा पठाउन सम्भव छैन ।” 

थोरै सामान पठाउँदा फाइदा नहुने र धेरै सामान पठाउँदा एकै पटक बिक्री नहुने भएकाले टाढाको बजार विस्तार गर्न नसकिएको राई बताउनुहुन्छ । उद्योगमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट ललिपप बनाउन स्वीकृती लिइएको छ । 

दम्पती राईको सो उद्योग उद्योगीमाझ प्रतिस्पर्धी र उत्कृष्ट छ । पूर्वाञ्चलमा भएको खाद्यवस्तु प्रदर्शनीमा उत्कृष्ट र राष्ट्रिय औद्योगिक प्रदर्शनीमा दोस्रो स्थान हासिल गरेको उद्योगलाई घरेलु तथा साना उद्योग विकास समितिले ‘प्याकेजिङ’ गर्ने मेशिन अनुदानमा उपलब्ध गराएको छ । रु ९० हजार पर्ने उक्त मेशिन ल्याएपछि तयारी ललिपपलाई प्याकेजिङ गर्न सजिलो भएको राईले बताउँनुभयो । 

यस वर्ष जिल्ला कृषि विकास कार्यालयले पनि ‘प्याक्ट’ परियोजनाअन्र्तगत रु चार लाख ४५ हजार अनुदान सहयोग गरेको छ । ललिपप बनाउने आधुनिक मेशिन खरिदका लागि प्याक्टले सहयोग गरेको छ । 

पाँच वर्षअघि खुलेको कोसेली ललिपप उद्योगमा मुना आचार्य स्थापनाकालदेखि नै काम गर्दै आउनुभएको छ । सरकारी विद्यालयमा पढिरहेका छोराछोरीलाई ललिपप उद्योगमा कमाएको पैसाले निजी विद्यालयमा अध्ययन गराउने सुरमा उहाँ हुनुहुन्छ । सो उद्योगमा सातजना महिलाले रोजगारी पाएका छन् । 

इलाममा सहकारी संस्था खोलेर ललिपप उद्योग स्थापना गर्ने क्रम बढेको छ । सहकारी संस्थामार्फत स्थापना भएका ललिपप उद्योगले निजीस्तरबाट खुलेका उद्योगको भन्दा बढी महिलालाई रोजगारी प्रदान गरेका छन् । एक दर्जनको सङ्ख्यामा रहेका उद्योगमा विपन्न महिलाले रोजगारी पाएका छन् । 

सहकारिताको माध्यमबाट स्थापना भएको पञ्चकन्याको उद्योगले दुई दर्जन महिलालाई रोजगारी दिएको छ । तीन वर्षअघि स्थापना भएको जनहित कृषि सहकारी संस्थाले आफ्नो उद्योगमा दुई महिला कर्मचारीसहित १६ जना महिलालाई रोजगारी प्रदान गरेको छ । उद्योगमा रोजगार पाएका महिलाले मासिक रु चार हजारदेखि रु पाँच हजारसम्म पारिश्रमिक पाउने गरेका संस्थाका तोयानाथ भट्टराई बताउनुहुन्छ । 

जनहित सहकारी संस्थामा काम गर्ने कतिपय कामदार स्थानीय करफोक विद्यामन्दिरमा प्रवीणता प्रमाणपत्र तहमा अध्ययन गर्दै आएका छन् । बिहान क्याम्पसको कक्षा लिएर दिउँसो संस्थामा काम गर्न जाने गरेको स्थानीयवासी भेषराज आचार्यले बताउनुभयो । उत्पादित ललिपप धरान, दमक, विराटनगर र काठमाडौँ बिक्रीका लागि पठाउने गरिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x