राप्रपाका अध्यक्ष कमल थापा पराजित

काठमाडौं, २४ मंसिर – मकवानपुर–१ बाट उम्मेदवारी दिएका राप्रपा नेपालका अध्यक्ष कमल थापा एमालेका कृष्णप्रसाद दाहालसँग पराजित भएका छन् ।

वाम गठबन्धनतर्फ एमालेका कृष्णप्रसाद दाहाल झण्डै ६ हजार बढी मत ल्याएर विजयी भएका छन् ।

आइतबार बिहानै सकिएको मतगणनामा एमालेका उम्मेदवार कृष्णप्रसाद दाहालले ४० हजार ६ सय ३१ मत ल्याए । त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका कमल थापाले ३४ हजार ६ सय ५८ मत प्राप्त गरे ।
 

मंसिर २४, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस