माघ ३, २०८०
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
काठमाडौँ, २४ मङ्सिर-जारी मतगणनामा सबैभन्दा ठूलो मतान्तर अहिलेसम्म दोलखामा भएको छ । दोलखामा नेकपा एमालेका उम्मेदवार पार्वत गुरुङ र काँग्रेस उम्मेदवार रुद्रबहादुर खड्काको मतान्तर ३० हजार ६३३ मतको छ । गुरुङले ५५ हजार ४५७ र खड्काले २४ हजार ८१३ मत प्राप्त गरे ।
यस्तै धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा एमालेका भूमि त्रिपाठी २७ हजार १५३ मतान्तरसहित विजयी भए । त्रिपाठीले ४९ हजार १२१ मत प्राप्त गरे भने काँग्रेसका विश्वप्रसाद अर्यालले २१ हजार ९६८ मत पाए ।
यस्तै काठमाडौँ–२ मा एमालेका माधवकुमार नेपालले २५ हजार ६३३ मत पाउँदा काँग्रेसका दीपक कुइँकेलले १४ हजार २०७ मत पाए । नेपाल र कुइँकेलको मतान्तर ११ हजार ४२६ मत छ । यस्तै बागलुङ क्षेत्र नम्बर १ मा वाम गठबन्धनका सूर्यप्रसाद पाठकले १३ हजार ४१ मतान्तरसहित जित हासिल गरे । पाठकले ३३ हजार ६५७ मत पाउँदा काँग्रेसकी उम्मेदवार चम्पादेवी खड्काले २० हजार ६१६ मत पाइन्।
यस्तै बैतडीमा बहालवाला राज्यमन्त्री नरबहादुर चन्दलाई एमाले उम्मेदवार दामोदर भण्डारीले ११ हजार २३३ मतान्तरले पराजित गरे । काँग्रेस उम्मेदवार चन्दले २८ हजार २९१ मत पाए । रुकुम पश्चिममा माओवादी केन्द्रका उम्मेदवार जनार्दन शर्मा ३४ हजार ४०२ मतसहित विजयी भए । काँग्रेस उम्मेदवार गोपालजीजङ्ग शाहले १५ हजार ६५९ मत पाए । शर्मा र शाहको मतान्तर १८ हजार ७४३ छ ।
सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव पनि १० हजारभन्दा बढी मतान्तरसहित सप्तरी–२ बाट विजयी भए । यादवले १९ हजार ५८ मत पाए । माओवादी केन्द्रका उमेश यादवले १० हजार ८५८ मत पाए । उपेन्द्र र उमेशको मतान्तर आठ हजार दुई सय मतको छ । आठ हजार ३४६ मतान्तरसहित एमाले नेता रवीन्द्र अधिकारी कास्की–३ बाट विजयी भए ।
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...