×

NMB BANK
NIC ASIA

सात वटै प्रदेशका प्रदेससभाको मत अपडेट–कुन दलले कति जिते ?

मंसिर २४, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २४ मंसिर - निर्वाचनको अन्तिम मतपरिणाम आइरहँदा वाम गठबन्धनको वर्चश्व कायम रहेका छ ।  मंसिर १० र २१ गरी दुई चरणमा भएको निर्वाचनबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १ सय ६५ जना सांसद निर्वाचन हुनेछन् भने ३ सय ३० जना प्रदेशसभामा निर्वाचित हुनेछन् ।  

Muktinath Bank

अन्तिम नतिजा अनुसार प्रतिनिधिसभामा ७७ जना विजयी भइसकेका छन् । जसमध्ये वामगठबन्धनको प्रमुख पार्टी नेकपा एमालेको पक्षमा ५० सिट परेको छ । यसैगरी वामगठबन्धनको अर्को पार्टी नेकपा माओवादी केन्द्रले १५ सिट हात पार्दा नेपाली काँग्रेसले जम्मा सिट जितेको छ ।  प्रतिनिधिसभामा नयाँ शक्ति नेपालले १ सिट जितेको छ ।   


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

७ वटै प्रदेशमा वाम गठबन्धनकै उम्मेद्वार अग्रस्थानमा रहेका छन् । अहिलेको सम्मको नतिजा यस्तो देखिन्छ ।


Advertisment
Nabil box
Kumari

प्रदेश नम्बर १

Vianet communication
Laxmi Bank

प्रदेश नम्बर १ अन्तर्गत पूर्वी नेपालका १४ जिल्ला रहेका छन् ।  जसमध्ये उच्च पहाडी भुभागमा पर्ने सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर, खोटाङमा मंसिर १० गते पहिलो चरणमा चुनाव भएको थियो भने बाँकी जिल्ला इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरीमा मंसिर २१ गते चुनाव भएको थियो । दुवै चरणमा भएका चुनावको नतिजा धमाधम सार्वजनिक भइरहँदा वामगठबन्धनका उम्मेद्वार अग्रस्थानमा रहेका छन् ।  प्रदेश नम्बर १ बाट प्रदेशसभा सदस्यका लागि मैदानमा रहेका दलहरुमध्ये अहिलेसम्म नेकपा एमालले १३ सिट जितिसकेको छ भने १३ स्थानमै अग्रस्थानमा रहेको छ ।  वामगगठबन्धनको अर्को प्रमुख दल नेकपा माओवादी केन्द्रले अहिलेसम्म ५ सिट जितेको छ भने ५ सिटमै अग्रस्थानमा रहेको छ । 

जारी मतगणनाको नतिजा आइरहँदा कमजोर देखिएको नेपाली काँग्रेसले अहिलेसम्म प्रदेश नम्बर १ को प्रदेशसभा सदस्यमा अहिलेसम्म ४ सिट जितेको छ भने १ मा अग्रस्थानमा रहेको देखिन्छ । 
प्रदेश नम्बर १ मा प्रदेशसभा सदस्यका लागि मैदानमा रहेका  अन्य दलहरुको अवस्था शुन्य देखिएको छ ।  

प्रदेश नम्बर २

मध्य तराईका जिल्लाहरु समेटिएको प्रदेश नम्बर २ मा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट गरी ८ जिल्ला रहेक छन् । तराई मधेशलाई केन्द्र बनाएर राजनीति गरिरहेका दलहरुको चर्चा रहेको २ नम्बर मा भने मधेश केन्द्रित राजनीतिक दलको वर्चश्व देखिन्छ ।  

प्रदेश नम्बर २ मा अहिलेसम्म संघीय फोरमले प्रदेशसभामा ५ सिट जितेको छ भने ५ मा अगाडि रहेको छ ।  अर्को मशेशकेन्द्रित दल राजपा नेपालले २ सिट जितिसिकेको छ भने ४ सिटमा अग्रस्थानमा देखिएको छ ।  
यद्यपि प्रदेश नम्बर २ मा वाम गठबन्धनले राम्रै नतिजा देखाइरहेको छ ।  अहिलेसम्मको नतिजा हेर्दा वाम गठबन्धनतर्फका नेकपा एमालेले २ सिटमा जित हाँसिल गरिसकेको छ भने ५ स्थानमा अग्रस्थानमा देखिएको छ । यसैगरी माओवादी केन्द्रले ३ सिट जितेको छ भने ६ स्थानमा अगाडि देखिएको छ । 

 यो क्षेत्रमा पनि नेपाली काँग्रेस कमजोर देखिएको छ ।  काँग्रेसले अहिलेसम्म २ सिटमा जीत र २ मा अगाडि रहेको छ ।  अन्य दलहरुले भने प्रदेश नम्बर २ मा खाता खोल्न सकेका छैनन् । 

प्रदेश नम्बर ३

प्रदेश नम्बर ३ मा उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर सहित नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोकसहित १३ जिल्ला समेटिएका छन् ।  यो प्रदेशमा वाम गठबन्धन अग्रस्थानमा रहेको छ । अहिलेसम्मको नजिता हेर्दा प्रदेशसभामा नेकपा एमालले १९ सिट जितिसकेको छ भने १४ स्थानमा अग्रस्थानमा रहेको छ ।  वामगठबन्धनको अर्को दल नेकपा माओवादी केन्द्रले ६ सिट जितेको छ भने ६ स्थानमै अगाडि रहेको छ ।  

नेपाली काँग्रेस प्रदेश नम्बर ३ मा अत्यन्तै कमजोर अवस्थामा रहेको छ । अहिलेसम्म काँग्रेसले ५ सिट जितेको छ भने ३ स्थानमा अगाडि छ ।  प्रदेश नम्बर ३ मा नयाँ शक्ति नेपालले १ सिट जितेको छ भने अन्य दलहरुले खाता नै खोलेका छैनन् । 

प्रदेश नम्बर ४

प्रदेश नम्बर ४ अन्तर्गत पर्ने मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ, गोरखा, पुर्वी नवलपरासी, तनँहु, कास्की, स्याङ्जा  पर्वत गरी ११ वटा जिल्लामा पनि वाम गठबन्धनको वर्चश्व कायम रहेको छ ।  यो प्रदेशमा नेकपा

एमालेले अहिलेसम्म १० सिट जितिसकेको छ भने २ सिटमा अग्रता कायम राखेको छ । यसैगरी माओवादी केन्द्रले ४ सिट जितेको छ भने ४ स्थानमा अग्रस्थान कायम राखेको छ ।  
प्रदेश नम्बर ४ मा नेपाली काँग्रेसले ३ सिट जितिसकेको छ भने ५ सिटमा अग्रता लिइरहेको छ ।  

यसबाहेक प्रदेश नम्बर ४ मा नयाँ शक्ति नेपालले १ सिट हात पारेको छ भने १ सिट स्वतन्त्र उम्मेद्वारको पोल्टामा परेको छ । अन्य कुनै पनि पार्टीले खाता खोल्न सकेका छैनन् । 

प्रदेश नम्बर ५

प्रदेश नम्बर ५ अन्तर्गत पर्ने पश्चिम नवलपरासी, पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्यूठान बाँके, बर्दिया, पूर्वी रूकुम र रोल्पामा पनि वाम गठबन्धनको वर्चश्व कायम रहेको छ । अहिलेसम्मको नतिजा हेर्दा

यो प्रदेशमा नेकपा एमालेले ९ सिट जितिसकेको छ भने १६ स्थानमा अग्रता लिइरहेको छ ।   प्रदेशनम्बर ५ मा माओवादी केन्द्रले अहिलेसम्म ११ सिट जितिसकेको छ भने ४ स्थानमा अग्रता लिइरहेको छ ।  

यो प्रदेशमा मैदानमा देखिएका अन्य दलहरुले खाता खोल्न सकेका छैनन् भने १ स्थानमा राजपा नेपालले अग्रता ल्इिरहेको देखिएको छ । 

प्रदेश नम्बर ६

प्रदेश नम्बर ६ मा पर्ने पश्चिम रूकुम, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा, सल्यान, सुर्खेत र दैलेखमा पनि वाम गठबन्धन नै अगाडि छ ।  यो प्रदेशमा अहिलेसम्म नेकपा एमालले १० सिट जितेको छ भने २ सिटमा अगाडि रहेको छ यसैगरी माओवादी केन्द्रले अहिलेसम्म ६ सिट जितेको छ भने १ स्थानमा अग्रता कायम राखेको छ । नेपाली काँग्रेसले भने १ सिटमा जीत र १मा अग्रता लिइरहेको छ ।  प्रदेश नम्बर ६ मा प्रदेशसभाका लागि मैदानमा रहेका अन्य कुनै पनि पार्टीले खाता खोलेका छैनन् । 

प्रदेश नम्बर ७

पश्चिम नेपालमा पर्ने ९ वटा जिल्ला कैलाली, कन्चनपुर, डडेल्धुरा, अछाम, डोटी, दार्चुला, बझाङ, बाजुरा र वैतडीमा वाम गठबन्धन बलियो देखिएको छ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह प्रदेशका रुपमा चासोका साथ हेरिएको यो प्रदेशमा पनि नेपाली काँग्रेस अत्यन्तै कमजोर अवस्थामा रहेको छ । नेपाली काँग्रेसले अहिलेसम्म प्रदेशसभामा १ सिट मात्रै जितेको छ भने ३ स्थानमा अगाडि देखिएको छ ।    

अहिलेसम्मको जतिजा हेर्दा एमालले ५ सिट जितेको छ भने ८ स्थानमा अग्रता कायम राखेको छ । माओवादी केन्द्रले अहिलेसम्म ३ सिट जितिसकेको छ भने ७ स्थानमा अग्रता कायम राखेको छ । 
प्रदेश नम्बर ७ मा अन्य कुनै पनि दलले खाता खोलेका छैनन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x