×

NMB BANK
NIC ASIA

शास्त्रका अनुसार शरीरबाट हुने महापाप यी हुन्

मंसिर २४, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २४ मंसिर — पाप र पुण्यको मान्यता लामो समयदेखि चलिआएको छ । आज पनि धेरै मानिस यो कुरा मान्छन् र यसको पालन गर्छन् । 

अरूको अहित नगर्नु पुण्य हो । पापकर्म चाहिँ के के हो भन्ने सम्बन्धमा महाभारतको अनुशासन पर्वमा युधिष्ठिर र भीष्म पितामहको संवादबाट थाहा पाइन्छ । 

भीष्मले युधिष्ठिरलाई बताएअनुसार, शरीरबाट तीन, वाणीबाट चार र मनबाट तीन खराब काम छोड्नुपर्छ । कुल दश कामलाई महापाप मानिएको छ । 

शरीरबाट हुने महापाप पुरुषका लागि परस्त्रीगमन र महिलाका लागि परपुरुषगमन हो । आफ्नो जीवनसाथीबाहेक अन्य कसैसँग पनि शारीरिक सम्बन्ध बनाउनु महापाप हो । 

शरीरबाट हुने अर्को पाप चोरी हो । व्यक्तिले आफैं मेहनत गरेर धन कमाउनुपर्छ । अर्कोको धन वा वस्तु चोर्नु महापाप हो । 

शरीरबाट हुने तेस्रो पाप हिंसा हो । कुनै परिस्थितिमा पनि अनावश्यक रूपमा हिंसा गर्नु पाप हो । 

वाणीबाट हुने पहिलो पाप व्यर्थको कुरा गर्नु हो ।

अर्को पाप निष्ठुर अर्थात् कठोर कुरा गर्नु हो । यस्ता कुराले अरूलाई दुःख पुग्छ । 

कुरा लगाउनु वाणीबाट हुने तेस्रो पाप हो ।

झुटो बोल्नु वाणीबाट हुने चौथो पाप हो । 

मनबाट हुने पहिलो पाप अर्काको धनको लोभ गर्नु र हडप्न खोज्नु हो । 

दोस्रो पाप अरूसँग शत्रुभाव राख्नु हो । सबै प्राणीप्रति प्रेमभाव राख्नु नै धर्म हो । 

मनबाट हुने तेस्रो पाप कर्मको फलमा विश्वास नगर्नु हो । 

यहाँ उल्लेख गरिएका १० महापापमध्ये एक पाप मात्र गरेपनि मानिसले दुःख भोग्नुपर्छ । 

एजेन्सी

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x