×

NMB BANK
NIC ASIA

इराकमा आईएस पूरै हारेको घोषणा, कसरी भयो यस्तो ?

मंसिर २४, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २४ मंसिर — कुनै समयमा आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) माथि विजय हासिल गर्नु असम्भव जस्तो लग्थ्यो । तर चार वर्षको संघर्षपछि अन्ततोगत्वा इराकले आईएसविरुद्धको युद्ध सकिएको घोषणा ग–यो । 

प्रधानमन्त्री हैदर अल–अबादीले बग्दादमा टीभीबाट जारी गरेको सन्देशमा भने, ‘मेरा प्यारा इराकीहरू, हाम्रो भूमि पूरै मुक्त भएको छ । स्वतन्त्रताको सपना वास्तविकता हो ।’

सिरिया र इराकको सीमामा अब बग्दादको सेनाको पूर्ण नियनत्रण छ । यस सीमावर्ती इलाकामा कथित इस्लामिक स्टेटको शासन कायम थियो तर नोभेम्बरमा रक्कामाथि कब्जा छुटेपछि सम्पूर्ण तस्वीर नै बदलियो । 

अमेरिकाको विदेश मन्त्रालयले ‘इराकमा आईएसको नीचतापूर्ण कब्जाको अन्त्य’ को स्वागत ग–यो । इराकले घोषणा गर्नुभन्दा दुई दिनअघि सिरियामा आईएसलाई हराउने उसको मिसन पूरा भएको छ । 

आईएसले सन् २०१४ मा इराक र सिरियाको ठूलो भूभागमा कब्जा गरेको थियो । उसले आफैंलाई खलीफा घोषणा गरेर एक करोड मानिसमाथि शासन चलाएको थियो । 

तर विगत दुई वर्षयता उसको हारको सिलसिला शुरु भएको थियो । 

जुलाईमा इराकको सबभन्दा महत्त्वपूर्ण शहर मोसुल आईएसको नियन्त्रणबाट फुत्किएपछि अघिल्लो महिना उत्तरी सिरियाको शहर रक्का पनि गयो । केही मिडिया रिपोर्टहरूमा बताइएअनुसार, आईएसका लडाकूहरू सिरियाली शिविरहरूमा छरिएका छन् र टर्कीको सीमातर्फ गएका छन् । 

प्रधानमन्त्री अबादीका लागि यो गर्वलायक क्षण हो । यो जीत कुनै बेलामा गफ जस्तो मात्र लाग्थ्यो । तर आईएसविरुद्ध सैन्य युद्ध साँच्चिकै सकिएको छ । इराकी सेना अब पछि हट्न सक्छ । यस युद्धमा उनीहरूले ठूलो मूल्य चुकाउनुपर्छ । 

तर यसको अर्थ इराक वा सिरिया वा बाँकी संसारमा कतै पनि आईएसको विचारधाराविरुद्ध लडाईं पूरै अन्त्य भयो भन्ने होइन । उनीहरू फेरि संगठित भएर उठ्ने क्षमता अझै राख्छन् । 

हालै उसले गरेको आक्रमण कम भएपनि इराकमा आत्मघाती आक्रमण भइरहेका छन् । 

जिहादलाई चर्काउने परिस्थिति अझै बदलिएका छैनन् र आईएसको कब्जाबाट छुटेका ठाउँमा पनि यस्तै परिस्थिति छन् । 

बीबीसीबाट
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x