×

NMB BANK
NIC ASIA

वाम गठबन्धनका दुई हस्तीको पराजय, ओली र प्रचण्डलाई ‘हाइसञ्चो’ !

मंसिर २४, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २४ मंसिर– प्रतिनधिसभा तथा प्रदेशसभा चुनावको मतपरिणाम लगभग अन्तिम चरणमा पुगेको छ । 

Sagarmatha Cement
Muktinath Bank

नेपाली कांग्रेसका ठूला नेताहरूले हार्नु यो निर्वाचनका लागि कुनै नौलो कुरा रहेन ।  किनकी विउको रुपमा केही नेताहरु जोगिएको भए पनि प्रत्यक्षतर्फको निर्वाचन परिणामले कांग्रेसलाई रसातलमै पुर्याइदिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो बीचमा बलियो ठानिएको वाम गठबन्धनका दुई ठूला नेता पनि निर्वाचनमा नराम्रोसँग पछारिएका छन् । यी दुई नेता वाम गठबन्धनका ठूला नेताहरु मात्रै होइनन्, एमाले र माओवादीलाई मिलाएर वाम गठबन्धन बनाउन महत्वपूर्ण भूमिका खेल्ने नेताहरू हुन् ।


Advertisment
Nabil box
Kumari

संसदीय प्रणालीमा गएपछि देशमा दुई ठूला कम्युनिष्ट पार्टी नचाहिने भन्दै एमाले नेता वामदेव गौतमले माओवादी र एमाले एकिकरणको डिस्कोर्ष शरु  गरेका थिए । अहिलेको वाम गठबन्धन बनाउन गौतमले निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको एमाले नेताहरू बताउँछन् । तर निर्वाचन परिणाममा ७ सय ७ मत अन्तरले हार्दै एमाले नेता गौतम ब्याक भएका छन् ।

Vianet communication
Laxmi Bank

एमाले र माओवादी मिलाउने सवालमा अरु नेताको भूमिका शायदै गौतमसँग तुलना होला । धेरै वर्ष पहिले दुई पार्टीको एकिकरणको कुरा चलाएका उनी केपी ओली एमालेको नेतृत्वमा पुगेपछि पार्टी भित्र महत्वपूर्ण भूमिकामा थिए ।

अन्तत उनले ओलीलाई कन्भिन्स गरेर माओवादीसँग सहकार्यमा ल्याए । एमाले र माओवादीकै सहकार्यले गर्दा अहिले  नेपाली कांग्रेसलाई रोक्न वामपन्थीहरु सफल भएका छन् । तर एमालेका हाइप्रोफाइल गौतमले बर्दिया क्षेत्र नम्बर एकबाट चुनाव हारेपछि  वाम  गठबन्धनमा तरंग उत्पन्न भएको छ ।

आफूलाई एमालेका तर्फबाट गौतमले प्रधानमन्त्रीको उम्मेदवार दावी समेत गरिरहेका थिए । ओली प्रधानमन्त्री भइसकेको अवस्थामा एमालेमा ओली गुटको सबैभन्दा सिनियर नेता आफू नै भएकोले प्रधानमन्त्री बन्न पाउनुपर्ने उनको चाहाना थियो ।

तर उनको यो यात्रामा कम्तिमा पाँच वर्षका लागि विश्राम लागेको छ । निर्वाचनमा जाँदै गर्दा माओवादी अध्यक्ष पुष्पमकमल दाहाल प्रचण्डले ओलीलाई प्रधानमन्त्रीकै रुपमा अघि सारेका छन् । यद्यपी गौतमले प्रधानमन्त्री पद दावी गरिरहेका थिए ।

आइतवार दिउँसो आएको अन्तिम मत परिणाम अनुसार गौतम  पराजित भए ।

उनी भन्दा अघि माओवादी केन्द्रमा दोस्रो वरियतामा रहेका नारायणकाजी श्रेष्ठ गोरखामा पराजित भएका छन् । प्रचण्डलाई  ओलीसँग नजिक बनाउन कोशिश गर्ने श्रेष्ठले पनि आफ्ना पुराना दौंतरीसँग चुनाव हारेका छन् ।

नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर दुईमा श्रेष्ठलाई पराजित गरेका छन् । वाम गठबन्धन बन्दै गर्दा भट्टराई पनि गठबन्धनमा आएका थिए । तर माओवादी नेता श्रेष्ठले गोरखा क्षेत्र नम्बर दुई बाबुरामलाई छोड्न चाहेनन् । 

आफूले जितिरहेको क्षेत्र नपाउने भएपछि बाबुराम गठबन्धनबाट बाहिरिए तर उनले गोरखा क्षेत्र नम्बर दुईमा नारायणकाजीलाई पराजित गरे । भट्टराईले श्रेष्ठलाई क्षेत्र नम्बर एकमा चुनाव उठ्न सुझाव दिएका थिए । जहाँ वाम गठबन्धनकै उम्मेदवारले चुनाव जितेका छन् । तर बाबुराम भट्टराईसँग  पंगा लिन चाहेका श्रेष्ठ एक नम्बर क्षेत्रमा गएनन् । अन्तत उनले पनि चुनाव हारेका छन् ।

यसरी वाम गठबन्धनका मुख्य दुई शुत्रधारकर्ताले चुनाव हारेका छन् । योसँगै एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई यी दुई ठूला नेता व्यवस्थापन गर्नका लागि सजिलो भएको समेत नेताहरुले विश्लेषण गर्न थालेका छन् ।

अब निर्वाचन हारेका श्रेष्ठलाई प्रचण्डले दोस्रो बरियताका नेता भएपनि सहजै व्यवस्थापन गर्ने अनुमान गरिएको छ । त्यस्तै एमाले भित्र आफ्नो गुटमा मुख्य व्यक्ति भएपनि ओलीले गौतमलाई व्यवस्थापन गर्ने नेताहरु बताउँछन् । पछिल्लो समय गौतमले ओलीसँग आफूले पनि लाभको पद पाउनुपर्ने वार्गेनिङ गरिरहेका थिए ।  
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x