यी इरानी मोडल देखिन्छिन् ऐश्वर्या रायजस्ती, योगले भइन् फिट

मंसिर २५, २०७४

काठमाडौं, २४ मंसिर — सामाजिक सञ्जालमा अचेल इरानी मोडल महलाघा जबेरीका तस्वीरहरू चर्चामा छन् । अट्ठाईस वर्षीया महलाघा धेरै सुन्दर छिन् । उनको तुलना भारतीय अभिनेत्री ऐश्वर्या रायसँग हुन्छ । 

महलाघा सन् १९८९ मा इरानको इस्फाहान शहरमा जन्मेकी हुन् । आफूलाई फिट राख्नका लागि महलाघा योग गर्छिन् । 

एक अन्तर्वार्तामा उनले भनिन्, ‘योगले मलाई पर्फेक्ट फिगर दिलाउनका लागि सहायता गर्छ र मनमा शान्ति पनि दिलाउँछ ।’

सामाजिक सञ्जालमा सक्रिय महलाघाका इन्स्टाग्राममा २३ लाख फलोअर्स छन् । 

इरानमा जन्मेकी महलाघा अमेरिकाको स्यान डिएगोमा बस्छिन् । 

पाँच फीट, आठ इन्च अग्ली महलाघा फेशन डिजाइनरको पहिलो रोजाइ हुन् । उनले वाल्टर मेन्डेज र मिस होली क्लोदिङका लागि मोडलिङ गरिसकेकी छन् । 

महलाघालाई मोडलिङबाहेक घोडा चढ्ने शोख छ । खाली समयमा उनी घोडा चढ्न र शपिङ गर्न मन पराउँछिन् । 

उनलाई सिनेमा हेर्न पनि खुबै मन पर्छ । अंग्रेजी रोमान्टिक र साइन्स फिक्सन फिल्म उनलाई मन पर्छन् । 

एजेन्सी

मंसिर २५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस