माओवादी नेता मातृका यादव विजयी

मंसिर २५, २०७४

धनकपुरधाम, २५ मंसिर— माओवादी केन्द्रका नेता मातृका यादव  धनुषा क्षेत्र नम्बर १ बाट विजयी भएका छन् । 
 उनी २६ हजार ४१४ मतसहित विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 
उनका  निकटतम प्रतिस्पर्धी संघीय समाजवादी फोरमका दीपक कार्कीले  १७ हजार २८१ मत ल्याएर पराजित भए । 
माओवादी केन्द्रका प्रभावशाली नेता मातृका पार्टीभित्रका इमान्दार नेताका रुपमा चिनिन्छन् । 
 

मंसिर २५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस