×

NMB BANK
NIC ASIA

बिना मगरले रुँदै भनिन्- जितेर पनि खुसी हुन सक्ने अवस्था छैन

मंसिर २६, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

कंचनपुर, २६ मङ्सिर- विजय घोषणाको प्रमाणपत्र बुझेपछि उनी केही बोल्न खोज्दै थिइन् । तर दुई/चार शब्द नबोल्दै उनको आँखाबाट आँसु झर्न थाल्यो । ‘आज जितेर पनि खुसी हुन सक्ने अवस्था छैन,’ सोमबार कञ्चनपुर प्रतिनिधिसभा क्षेत्र नं. १ को निर्वाचन परिणाम घोषणापछि निर्वाचित बिना मगरले रुँदै भनिन्, ‘यस्तो खुसीको क्षणमा पनि मेरो जीवनसाथी मसँग नहुँदा दु:खी छु ।’
 
चुनावी प्रचारप्रसारकै क्रममा आफ्नो निर्वाचन क्षेत्रमा रहेका बेला मंसिर दोस्रो साता उनका श्रीमान् प्रकाशको हृदयाघातका कारण मृत्यु भएको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका एक मात्र छोरा प्रकाशको आकस्मिक मृत्युपश्चात् उनले राम्ररी प्रचार–प्रसार पनि गर्न सकेकी थिइनन् । मौन अवधि सुरु हुनुभन्दा दुई/तीन दिनअघि मात्रै उनी काठमाडौंबाट आफ्नो निर्वाचन क्षेत्र फर्केकी हुन् ।
 
‘यो जितमा खुसी भएर पनि प्रकाश नहुँदा हाँस्न सकिरहेकी छैन,’ उनले भनिन् । उनीसँगै प्रचारमा जुटेका र चुनाव जितेका वाम गठबन्धनका नेता कार्याकर्ता अबिर लगाएर रंगीचंगी भएका थिए । तर उनका लागि भने यो जित रंगविहीन हुन पुग्यो । सेतो सल ओढेर मतपरिणाम घोषणा सभामा उपस्थित भएकी बिनाले टीका तथा अबिर केही लगाइनन् ।

Sagarmatha Cement
Muktinath Bank


आफ्ना प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारभन्दा दोब्बरबढी मत ल्याएर बिनाले चुनाव जितेकी हुन् । उनले ३८ हजार ४ सय ६७ मत ल्याइन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दिवानसिंह विष्टले १९ हजार २ सय १९ मत ल्याए । ०७० को संविधान सभा निर्वाचनमा उनी विष्टसँग झिनो मतले पराजित भएकी थिइन्, कान्तिपुरमा खबर छ  ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x