×

NMB BANK
NIC ASIA

यी उम्मेदवार, जो बने ‘म्यान अफ दि इलेक्सन’ !

मंसिर २६, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २६ मंसिर – देशभरबाट प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा केही ठूला नेताहरु पाराजित भएका छन् ।

Muktinath Bank

पराजित हुनेमा अधिकांश नेता नेपाली कांग्रेसका छन् । देशभरबाट कांग्रेसले चुनाव हारेको छ । दोस्रो संविधानसभामा पहिलो दल रहेको कांग्रेसले आफ्नो विरासतलाई थाम्न सकेन । कांग्रेसले चुनाव हार्दै गर्दा सो पाटीका केही हाइप्रोफाइल नेताहरूले समेत चुनाव हारेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केही ठूला नेताहरुलाई सामान्य नेताहरूले नै हराएका छन् भने केही ठाउँमा चाहिँ पपुलर नेताहरूकै बीचमा प्रतिस्पर्धा रहेको थियो । हालसम्मको राजनीतिक करियरमा हाइप्रोफाइलका रुपमा रहेका नेताहरुलाई हराउने प्रतिस्पर्धीहरुलाई ‘म्यान अफ दि इलेक्सन’का रुपमा विश्लेषण गर्न सकिन्छ ।


Advertisment
Nabil box
Kumari

किसान श्रेष्ठ
श्रेष्ठले तनहुँ क्षेत्र नम्बर  एकमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई हराएका छन् । कांग्रेस भित्र प्रधानमन्त्रीको उम्मेदवारका रुपमा समेत विश्लेषण गरिएका पौडेले सांसदकै चुनाव हारेका छन् ।
श्रेष्ठले ३४ हजार ४ सय ९२ मत ल्याएर चुनाव जितेका छन् भने पौडेलले २७ हजार ६ सय ९० मत ल्याएका छन् ।

Vianet communication
Laxmi Bank

सञ्जय  गौतम
नेपाली कांग्रेसका गौतमले बर्दिया क्षेत्र नम्बर एकमा नेकपा एमालेका नेता बामदेव गौतमलाई झिनो मतअन्तरले हराएका छन् । वाम गठबन्धनका सुत्रधारका रुपमा हेरिएका गौतमले सांसदको चुनाव हारेका छन् ।
सञ्जयले ४४ हजार ८ सय २९ मत ल्याएर चुनाव जिते भने वामदेवले ४४ हजार ७६ मत ल्याउँदै चुनाव हारेका छन् ।

राजेन्द्र लिङदेन
झापा तीनमा राप्रपाका नेता राजेन्द्र लिङदेनले कांग्रेस नेता कृष्ण सिटौलालाई ठूलो मतअन्तरले  हराएका छन् । कांग्रेसभित्र तेस्रो धार विकास  गर्न खोजिरहेका सिटौलाले झापामा चुनाव हारेका हुन् । लिङदेनले ४४ हजार ६ सय १४ मत ल्याएका छन् भने कांग्रेस नेता सिटौलाले ३१ हजार एक सय ७१ म्त ल्याएका छन् ।

शेरबहादुर तामाङ
एमाले नेता शेरबहादुर तामाङले राप्रपा प्रजातान्त्रिकका नेता पशुपति शमशेर राणालाई सिन्धुपाल्चोक दुईबाट चुनाव हराएका छन् । तामाङले 
३८ हजार ४ सय १ मत ल्याउँदा राणाले ३० हजार ३ सय ६९ मत मात्रै ल्याए ।

कृष्ण दाहाल
मकवानपुरमा एमाले नेता कृष्ण दाहालले राप्रपाका नेता कमल थापालाई चुनाव हराएका छन् । उनले ४० हजार ६ सय ३१ मत  ल्याएर चुनाव जितेका छन् भने थापाले ३४ हजार ६ सय ५८ मत मात्रै ल्याए ।
हितबहादुर तामाङ
माओवादी नेता हितबहादुर दामाङले नुवाकोट एकमा कांग्रेसका केन्द्रीय सदस्य रामशरण महतलाई चुनाव हराएका छन् । उनले ३६ हजार ४ सय ७३ मत ल्याएर महतलाई हराएका हुन् । महतले २७ हजार ९ सय २० मत ल्याए ।

नारायण खतिवडा
एमाले नेता नारायण खतिवडाले नुवाकोट २ मा कांग्रेस नेता अर्जुननरसिंह केसीलाई चुनाव हराएका छन् । उनले ३६ हजार ८ सय ९२ मत ल्याएका छन् भने केसीले २६ हजार ३ सय ३५ मत ल्याएर पराजित भए ।

नारदमुनी राना
कैलाली क्षेत्र नम्बर पाँचमा नारदमुनी रानाले कांगेस नेतृ आरजु राणालाई चुनाव हराएका छन् । रानाले २७ हजार २ सय २ मत ल्याएका छन् भने राणाले २२ हजार ३ सय २२ मत ल्याएर चुनाव हारेकी छन् ।

राजेन्द्र महतो
राजपाका नेता राजेन्द्र महतोले कांग्रेस नेता विमलेन्द्र निधिलाई चुनाव हराएका छन् । महतोले ३० हजार ७ सय ५० मत ल्याएका छन् भने निधिले २७ हजार ८ सय ४७ मत ल्याए ।

बाबुराम भट्टराई
नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर दुईमा माओवादी नेता नारायणकाजी श्रेष्ठलाई चुनाव हराएका छन् । भट्टराईले ३१ हजार ८ सय ७ मत ल्याएर चुनाव जिते भने श्रेष्ठले २४ हजार ९ सय ३३ मत ल्याए ।

प्रकाशमान सिंह
कांग्रेस नेता प्रकाशमान सिंह  सेलिब्रेटी उम्मेदवार रवीन्द्र मिश्रलाई चुनाव हराएका छन् । देशभरबाट कांग्रेसले चुनाव हार्दै गर्दा सिंहले कांग्रेसको पहिलो विजयको रुपमा चुनाव जिते । सिंहले १० हजार ९ सय ३६ मत ल्याएका छन् भने मिश्रले १० हजार एक सय १८ मत ल्याए ।

अमनलाल मोदी
नेकपा माओवादी केन्द्रका नेता अमनलाल मोदीले नेपाली कांग्रेसका नेता महेश आचार्यलाई मोरङ  क्षेत्र नम्बर ४ मा चुनाव हराएका छन् । मोदीले ३३ हजार ५ सय २९ मत ल्याउँदा कांग्रेस नतो आचार्यले २६ हजार ८ सय मत ल्याएका छन् । 

लालबाबु पण्डित
एमाले नेता लालबाबु पण्डितले कांग्रेस नेता शेखर कोइरालालाई चुनाव हराएका छन् । कोइरालाले ३३ हजार २ सय ६६ मत ल्याएका छन् भने  एमाले नेता पण्डितले ३३ हजार ९ सय ४१ मत पाएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x