×

NMB BANK
NIC ASIA

चम्बलको एक यस्तो गाउँ जहाँ महिलाहरू पुरुषसामु चप्पल लगाउँदैनन्

मंसिर २६, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २६ मंसिर — महिलालाई पुरुषसँग बराबरीको दर्जा दिलाउनमा जागरुकता बढेको भएपनि भारतका ग्रामीण इलाकाहरूमा परम्परागत सोचका कारण महिलालाई अझै पनि धेरै कष्ट भोग्नुपरिरहेको छ । 

मध्य प्रदेशको चम्बलमा रहेको एक गाउँ आमेठमा महिलाहरू पुरुषको अगाडि चप्पल खोलेर हिँड्छन् । 

लगभग १२ सयजना रहेको यो गाउँमा महिलाहरूको संख्या लगभग ५ सय छ । बिहान सबेरै उठेर आमेठका महिलाहरू पानीको भाँडो बोकेर डेढ किलोमिटर पर रहेको झरनातिर जान्छन् । 

दिनको सात घन्टा परिवारका लागि पानीको व्यवस्था गर्दा थाकेर चूर भएकी शशिलाई परिवार र समाजमा पर्याप्त इज्जत नपाइएकोमा गुनासो छ । 

शशि भन्छिन्, ‘टाउकोमा पानी वा घाँसको बोझ लिएर हामी गाउँ पस्दा खाटमा बसेका हामीभन्दा ठूला मानिससामु चप्पल खोल्नुपर्छ । एक हातले चप्पल खोल्ने अनि अर्को हातले सामान पक्रिने गर्नुपर्दा हामी आफूलाई सम्हाल्नै सक्दैनौं ।’

शशि भन्छिन्, ‘यस्तो परम्परा वर्षौंदेखि चलिरहेको छ । हामी कसरी यसलाई बदल्न सक्छौं ? बदल्न खोज्यौं भने पनि सासूसुरा, देवर वा पतिले कस्ता बुहारी ल्याइएछ भन्छन् । अलच्छिनी, दिमाग नभएकी, ठूलाको इज्जत नगर्ने, चप्पल लगाएर उफ्रिँदै हिँड्ने भन्छन् ।’

गाउँको चौतारीमा चेस खेलेर बसेका केही पुरुष चाहिँ यो परम्परा पुर्खाहरूले चलाएको बताउँदै महिलाले पुरुषको इज्जतका लागि चप्पल नलगाइकन हिँड्नुपर्ने बताउँछन् । 

महिलाहरूले बर्खामा हिलो भएको बाटो हिँड्दा वा जाडोमा चिसो सडकमा अनि गर्मीमा तातेको पिच बाटोमा हिँड्दा पनि चप्पल नलगाइकन हिँड्नुपर्छ । 

तर शहरबाट फर्केर आएका केही युवाहरू यो परम्परालाई विभेदकारी मान्छन् । 

रमेश भन्छन्, ‘मन्दिरअघि कुनै महिलाले चप्पल लगाएर हिँड्दा सारा गाउँलेले फलानीकी बुहारीले अपमान गरी भन्छन् । तर गाउँका पुरुष जुत्ता चप्पल लगाएर नै मन्दिरको प्रांगणमा जुवा खेलेर बस्छन् । त्यतिखेर चाहिँ भगवानको
अपमान हुँदैन ?’

तर रमेश यो कुरा आफूभन्दा ठूला मानिसलाई बताउन डराउँछन् । मिडियामा खबर आएपछि यो परम्परा बन्द होला भन्ने उनको आशा छ । 

बीबीसीबाट

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x