×

NMB BANK
NIC ASIA

हिन्दुस्तान टाइम्सको सम्पादकीय : नेपालमा चीनको प्रभाव घटाउन भारतले ओलीसँग मिलेर काम गर्नुपर्छ

मंसिर २६, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २६ मंसिर — भारतको प्रभावशाली अंग्रेजी पत्रिका हिन्दुस्तान टाइम्सको मंगलवार प्रकाशित सम्पादकीयमा नेपालको वाम गठबन्धनले सरकार बनाउने सुनिश्चित भएपछि देशमा अब स्थिर सरकार बन्ने टिप्पणी गरिएको छ । 

सम्पादकीयमा लेखिएको छ :

महाभूकम्पपछि भ्रष्टाचार, आर्थिक वृद्धिको अभाव र विनाशको सामना गरेको नेपालका लागि यो राम्रो खबर हो । तर यसले भारतलाई धेरै असहज बनाएको छ । 

नयाँ दिल्लीसँग राम्रो सम्बन्ध नभएका र चीननिकट मानिने केपी ओली प्रधानमन्त्री बन्ने सम्भावना रहँदा नेपालको भूरणनीतिक नीतिमा परिवर्तन आउनसक्ने देखिन्छ । 

नेपाल अहिले भारत र चीनबीच मध्यवर्ती इलाकाका रूपमा रहेको छ तर खुला सिमानाका कारण उसको झुकाव जहिले पनि भारततर्फ छ । वास्तवमा महाभूकम्पपछि भारतले २४ घन्टाभित्र मानवीय तथा बन्दोबस्ती सहयोग उपलब्ध गराएको थियो । 

नेपाल मात्र त्यस्तो देश हो जसका नागरिकले भारतीय सेनामा भर्ती हुन पाउँछन् । 

तर भूकम्पपछि कमाएको सुभावना भारतले नाकाबन्दी लगाएर गुमायो । नेपालको नयाँ संविधानमा मधेशी लगायतका निश्चित समुदायको पर्याप्त प्रतिनिधित्व नभएको भन्दै भारतले असन्तुष्टि व्यक्त गर्दै नाकाबन्दी लगायो । 

अहिले वाम गठबन्धनले जीत हासिल गर्दा भारतले संकेतहरू राम्ररी पढ्न नसकेको देखाउँछ । अब भारतले चाहे पनि नचाहे पनि नेपाली राजनीतिमा बेइजिङले ठूलो भूमिका खेल्छ । 

चीनले नेपाललाई आफ्ना बन्दरगाहहरूमा पहुँच दिइसकेको छ र उसले संयुक्त रेल सेवा निर्माणको कुरा चलाइरहेको छ । 

तर सबभन्दा महत्त्वपूर्ण कदम भनेको चीनले नेपाललाई तेल आपूर्ति गर्नु हो । अहिलेसम्म नेपालमा तेल भारतबाट मात्र आउने गरेको थियो । 

नेपालसँग कूटनीतिक सम्बन्ध थप जटिल हुने यसले देखाउँछ । त्यसैले भारतले अब नयाँ सरकारसँग विकास निर्माणमा काम गर्न इच्छाशक्ति देखाउनुपर्छ र उसको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेको देखाउनुहुँदैन । 

भारतमा काम गर्ने लाखौं नेपालीहरूका लागि नेपालले नयाँ दिल्लीसँग सुसम्बन्ध बनाउनु जरूरी हुन्छ । त्यसैले यो कुशल कूटनीतिक कदम चाल्ने समय हो । दिल्लीले नेपालको नयाँ सरकारका चिन्ताहरूलाई सम्बोधन गर्ने इच्छा देखाउनुपर्छ । 

काठमाडौं बेइजिङसँग नजिकिएमा त्यसले भारतमा नकारात्मक परिणामहरू आउँछन् । तिनलाई तत्कालै 'डील' गर्नु जरूरी छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x