×

NMB BANK
NIC ASIA

माइन्ड इट : रजनीकान्तको जन्मदिन आज, यसरी पाएका थिए फिल्ममा ब्रेक

मंसिर २६, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २६ मंसिर — दक्षिण भारतका मेगास्टार रजनीकान्तको मंगलवार ६७औं जन्मदिन परेको छ । सन् १९५० को १२ डिसेम्बरमा बेंगलुरुमा जन्मेका रजनीकान्तका प्रशंसकहरूका लागि यो दिन कुनै समारोहभन्दा कम छैन ।
अभिनेता बन्नुअघि रजनीकान्त एक बस कन्डक्टर थिए । 

उनलाई सन् १९७५ मा पहिलोपटक फिल्म खेल्ने अवसर प्राप्त भएको थियो । फिल्मको नाम अपूर्व रागंगल थियो । त्यसमा कमल हासन मुख्य भूमिकामा थिए । 

के बालचन्दरको निर्देशनमा बनेको यो फिल्ममा रजनीकान्तको जम्मा १५ मिनेटको रोल थियो । त्यसमा उनलाई कसैले पनि नोटिस गरेनन् । तर तिनै साधारण व्यक्ति एक दिन सुपरस्टार हुन पुगे । 

रजनीकान्तलाई बालचन्दरले पहिलोपटक एक फिल्म इन्स्टिच्युटमा भेटेका थिए । त्यतिखेर रजनीकान्त विद्यार्थी थिए । 

बालचन्दरले त्यतिखेर आफ्ना साथीलाई भनेका थिए, ‘यो केटाको आँखामा आगो छ । एक दिन यसले तमिलनाडुमा तूफान ल्याउनेछ ।’

रजनीकान्त छिट्टै नै फिल्म निर्माताहरूमाझ लोकप्रिय भए र सबैले उनको एन्टी हिरो इमेजलाई भजाउन चाहे । 

तमिल फिल्महरूमा खलनायकको भूमिका निर्वाह गरेपछि रजनीकान्त स्थापित अभिनेताका रूपमा उदाए । तेलुगु फिल्म छिलाकम्मा चेप्पिनडीमा उनले पहिलोचोटि हिरोको रोल पाए । त्यसपछि उनले कहिलेपनि पछि फर्केर हेर्नुपरेन । 

रजनीकान्तले बलिउड फिल्महरूमा पनि काम गरेका छन् । मेरी अदालत, जोन जानी जनार्दन, हम, अन्धा कानून, चालबाज लगायतका फिल्ममा उनको अभिनय देख्न पाइन्छ । 

सन् २०१४ मा उनले ६ वटा तमिलनाडु स्टेट फिल्म अवार्ड पाए । त्यसमा चार सर्वश्रेष्ठ अभिनेता र दुई स्पेसल अवार्ड फर बेस्ट एक्टर संलग्न थिए । सन् २००० मा उनलाई पद्मभूषणबाट सम्मानित गरियो । 

तमिल फिल्मका सुपरस्टार रजनीकान्तले हिन्दी, कन्नड, मलयालम, बंगाली र अंग्रेजी फिल्महरूमा काम गरिसकेका छन् । तर उनले कहिलेपनि मराठी फिल्ममा काम गरेनन् । उनी मूलतः मराठी हुन् । 

रजनीकान्तका प्रिय अभिनेता कमल हासन हुन् । प्रिय अभिनेत्री चाहिँ हेमा मालिनी र रेखा हुन् । 

'शिवाजी' फिल्म सफल भएपछि रजनीकान्तले आफ्नो फीस ४२ करोड रुपैयाँ राखेका थिए । त्यसपछि उनी ज्याकी च्यानपछिका सबभन्दा महंगा एसियाली स्टार बने । 

रजनीकान्तले धेरै वर्षदेखि पर्दामा मृत्युको दृश्य दिएका छैनन् । रजनीकान्तलाई फिल्ममा मरेको देखाउँदा फ्लप हुने डर निर्देशकहरूमा छ । 

रजनीकान्तले बलिउडका धेरै अभिनेतासँग काम गरेको भएपनि राकेश रोशनसँग सबभन्दा बढी काम गरेका छन् । तर राकेशको निर्देशनमा बनेको एउटा पनि फिल्ममा उनले काम गरेका छैनन् । 

एजेन्सी

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x