×

NMB BANK
NIC ASIA

संसदमा ९ दलको उपस्थिति पक्का, समानुपातिकबाट विवेकशील पुग्ला ?

मंसिर २६, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं २६ मंसिर– समानुपातिकतर्फ तीन प्रतिशतको थ्रेसहोल्डका कारण यसपटक संसदमा राजनीतिक दलको संख्या ९ मै सीमित रहने संकेत देखिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

समानुपातिक तर्फबाट संसदमा पुग्न विवेकशील साझा पार्टीले संघर्ष गरिरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रत्यक्ष तर्फबाट नेकपा एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेस, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी, नयाँ शक्ति पार्टी, राप्रपा, राष्ट्रिय जनमोर्चा र नेमकिपा संसदमा पुग्ने पक्का भएको छ । ९ दलले एक वा एक भन्दा बढी सीट जितेका छन् । 


Advertisment
Nabil box
Kumari

नेकपा एमाले संसदको पहिलो पार्टी बन्ने पक्का भएको छ । प्रत्यक्षमा माओवादी केन्द्र दोस्रो बनेपनि समानुपातिक तर्फको नतिजाले कांग्रेस या माओवादी को दोस्रो बन्ने भन्ने यकिन हुनेछ । अहिलेसम्म जारी समानुपातिक मतगणनामा कांग्रेस दोस्रो स्थानमा छ । 

Vianet communication
Laxmi Bank

राष्ट्रिय दल कतिवटा ?
संसदमा ९ दलको उपस्थिति भएपनि राष्ट्रिय दलको संख्या भने कम हुने संकेत देखिएको छ । राष्ट्रिय दलको मान्यता पाउन प्रत्यक्षतर्फ कम्तिमा पनि एक सिट जितेको र समानुपातिक तर्फ खसेको मतको तीन प्रतिसत ल्याउनु अनिवार्य छ । 

प्रत्यक्षतर्फ चुनाव जितेपनि अहिलेसम्म एमाले, कांग्रेस र माओवादी केन्द्रले मात्र कुल खसकेको मतको तीन प्रतिसत प्राप्त गरेका छन् । २०७० सालको संविधानसभा चुनावमा समानुपातिक तर्फबाट २४ सिट जितेको कमल थापा नेतृत्वको राप्रपाले यसपटक सोही अनुसार मत पाउने संकेत देखिएको छैन ।

समानुपातिक तर्फबाट संसदमा पुग्नको कुल खसेको मतको तीन प्रतिसत अर्थात तीन लाख भन्दा बढी मत ल्याउनु जरुरी छ । मंसिर १० र २१ गते सम्पन्न निर्वाचनमा कुल १ करोड ५ लाख ८७ हजार ५ सय १२ मत खसेको थियो । तीन प्रतिसत मत बदर हुने विगतको ट्रेण्ड कायम रहेमा समानुपातिक तर्फवाट संसदमा पुग्न कम्तिमा ३ लाख ६ हजार भोट आबस्यक पर्ने अनुमान गरिएको छ । 

नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्रले तीन प्रतिसत भन्दा बढी भोट पाइसकेका छन् । मतगणना जारी रहेकोले अन्य दलले पनि तीन प्रतिसतत भोट पाउने सम्भावना छ । 

समानुपातिक तर्फबाट संसदमा पुगे पनि प्रत्यक्षमा एकसिट पनि नजितेको विवेकशील साझा पार्टीले राष्ट्रिय दलको मान्यता भने पाउने छैन । पहिलो पटक चुनावमा सहभागी भएको नयाँ शक्ति पार्टीले पनि तीन प्रतिसत कटाउने लक्ष राखेको छ । 

राष्ट्रिय दलको मान्यता पाएका दललाई मात्र संसद सचिवालयले संसदीय दलको कार्यालय लगायत संसदले दिने सुविधा पाउने छ । बहसमा रहेको राजनीतिक दललाई अनुदान दिने कानून बन्यो भने राष्ट्रिय मान्यता प्राप्त दलले मात्र सो सुविधा पाउने छन् । 

जसले जमानत जोगाउन सकेनन्
गत संविधासभामा रहेका कतिपय दलले भने यसपटक जमानत जोगाउन पनि सकेनन् । दुइवटै संविधानसभामा समानुपातिक तर्फबाट सांसद बनेको नेकपा मालेले देशभर कुनै पनि क्षेत्रमा चुनाव जित्न सकेन भने समानुपातिकमा पनि उसले खासै मत प्राप्त गरेको छैन । 

शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागि राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), राप्रपाबाट अलग्गिएर बनेको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी), बहुजन शक्ति पार्टी, नेपाली जनता दल, संघीय लोकतान्त्रिक मञ्च थरुहट लगायतका दल यसपटक संसदमा आउनबाट चुकेका छन् । केही दल भने चुनावको पूर्वसन्ध्यामा ठूला दलमा गाभिएका थिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x