×

NMB BANK
NIC ASIA

यी ६ प्रदेशमा गठबन्धनको दुईतिहाइ (विजयी दलको सूचीसहित)

मंसिर २६, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

–अशोक घिमिरे 

Muktinath Bank

काठमाडौँ, २६ मंसिर - पहिलो हुने निर्वाचित हुने निर्वाचित प्रणालीअन्तर्गत प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा वाम गठबन्धन छ वटा प्रदेशमा दुईतिहाइ बढी स्थानमा विजयी भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश नं १, ३, ४, ५, ६ र ७ मा गठबन्धनले दुईतिहाइ बढी स्थानमा जित हासिल गरेको छ । छ वटा प्रदेशमा अत्यधिक स्थानमा विजयी भएको गठबन्धन प्रदेश नं २ मा भने कमजोर देखिएको छ । तुलनात्मक रुपमा अन्य प्रदेशमा कमजोर देखिएको नेपाली काँग्रेस प्रदेश नं २ मा केही बलियो देखिएको छ । त्यस्तै मधेस केन्द्रित शक्ति २ नं प्रदेशमा बलिया देखिएका छन् । 


Advertisment
Nabil box
Kumari

प्रतिनिधिसभाअन्तर्गत प्रदेश नं १ का २८ निर्वाचन क्षेत्रमा पनि वाम गठबन्धनका साझा उम्मेदवार २२ स्थानमा विजयी भएका छन् । प्रदेश नं १ मा एमालेले १६ स्थानमा जित हासिल गरेको छ भने माओवादी केन्द्रले छ स्थानमा जित हासिल गरेको छ । त्यस्तै काँग्रेस चार स्थानमा विजयी भएको छ भने राप्रपा एक स्थानमा विजयी भएको छ । सुनसरी क्षेत्र नं ३ मा मतगणना जारी छ । सो क्षेत्रमा एमालेका भगवती चौधरी र काँग्रेसका विजयकुमार गच्छदारबीच कडा प्रतिस्प्रर्धा भएको छ । अहिले साँझ ८ बजेसम्म एमालेका चौधरी केही मतले अगाडि हुनुहुन्छ । 

Vianet communication
Laxmi Bank

प्रदेश नं २ मा वाम गठबन्धनको उपस्थिति निकै कमजोर देखिएको छ । प्रदेश नं २ का ३२ निर्वाचन क्षेत्रमा वाम गठबन्धनले जम्मा सात स्थानमा जित हासिल गरेको छ । एमाले दुई र माओवादी केन्द्र पाँच स्थानमा विजयी भएका छन् । काँग्रेस अन्य प्रदेशमा भन्दा २ नं प्रदेशमा केही बलियो देखिएको छ । काँग्रेसले यस प्रदेशमा छ स्थानमा जित हासिल गर्न सफल भएको छ । त्यस्तै राजपा नेपाल १० र संघीय समाजवादी फोरम नेपाल नौ स्थानमा विजयी भएको छ । 

यसैगरी प्रदेश नं ३ का ३३ प्रतिनिधिसभाका क्षेत्रमा पनि वाम गठबन्धनको बहुमत रहेको छ । गठबन्धनले २७ स्थानमा जित हासिल गरेको छ । एमाले २० र माओवादी केन्द्र सात स्थानमा विजयी भएको छ । त्यस्तै नेपाली काँग्रेस पाँच र नेपाल मजदुर किसान पार्टी एक स्थानमा विजयी भएको छ । 

प्रदेश नं ४ को १८ प्रतिनिधिसभाका क्षेत्रमा पनि वाम गठबन्धनको बहुमत रहेको छ । गठबन्धनले १४ स्थानमा जित हासिल गरेको छ । एमालेले ११ र माओवादी केन्द्रले तीन स्थानमा जित हासिल गरेको छ । त्यस्तै प्रदेश नं ३ मा काँग्रेसले एक स्थान मात्र जितेको छ । यसैगरी नयाँ शक्तिले पनि एक स्थानमा जित हासिल गरेको छ । 

प्रदेश नं ५ को २६ प्रतिनिधिसभाका क्षेत्रमध्ये वाम गठबन्धनले १८ स्थानमा जित हासिल गरेको छ । एमाले ११ स्थानमा विजयी भएको भने माओवादी केन्द्र सात स्थानमा विजयी भएको छ । त्यस्तै काँग्रेस पाँच, संघीय फोरम एक, राष्ट्रिय जनमोर्चा एक र स्वतन्त्र उम्मेदवार एक स्थानमा विजयी भएका छन् । 

यसैगरी प्रदेश नं ६ को १२ प्रतिनिधिसभाका क्षेत्रमा पनि वाम गठबन्धनको बहुमत रहेको छ । एमाले छ र माओवादी केन्द्र पाँच स्थानमा विजयी भएका छन् भने स्वतन्त्र उम्मेदवार एक स्थानमा विजयी भएका छन् । प्रदेश नं ६ मा काँग्रेसले एक स्थानमा पनि विजयी हुन सकेन । 

प्रदेश नं ७ को प्रतिनिधिसभाका १६ क्षेत्रमध्ये वाम गठबन्धन १३ स्थानमा विजयी भएको छ । एमाले १० र माओवादी केन्द्र तीन स्थानमा विजयी भएका छन् । 

त्यस्तै काँग्रेस एक स्थानमा मात्र विजयी भएको छ । प्रदेश नं ७ बाट प्रत्यक्षतर्फ काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवामात्र विजयी हुुनुभएको छ । त्यस्तै राजपा नेपालका उम्मेदवारले एक स्थानमा जित हासिल गरेका छन् भने एक स्थानमा मतगणना जारी रहेको छ । 

प्रतिनिधिसभामा विजयी दलहरुको प्रदेशगत संख्या 
दल÷प्रदेश    प्रदेश नं १    प्रदेश नं २    प्रदेश नं ३    प्रदेश नं ४    प्रदेश नं ५    प्रदेश नं ६    प्रदेश नं ७ 
नेकपा (एमाले)    १६    २    २०    ११    ११    ६    १० 
माओवादी केन्द्र    ६    ५    ७    ३    ७    ५    ३ 
नेपाली काँग्रेस    ४    ६    ५    १    ५    –    १ 
संघीय फोरम    –    ९    –    –    १    १    – 
राजपा नेपाल    –    १०    –    –    –    –    १ 
नयाँ शक्ति    –    –    –    १    –    –    – 
राजमो    –    –    –    –    १    –    – 
नेमकिपा    –    –    १    –    –    –    – 
राप्रपा    १    –    –    –    –    –    – 
स्वतन्त्र    –    –    –    –    १    –    – 
मतगणना जारी    १    –    –    २    –    –    १ 
जम्मा क्षेत्र    २८    ३२    ३३    १८    २६    १२    १६ 

प्रदेशसभामा पनि बहुमत 

प्रदेशसभाअन्तर्गत प्रदेश नं १ का ५६ निर्वाचन क्षेत्रमा पनि वाम गठबन्धनका साझा उम्मेदवार ४७ स्थानमा विजयी भएका छन् । प्रदेश नं १ मा एमालेले प्रदेशसभाका ३७ स्थानमा जित हासिल गरेको छ । यस्तै माओवादी केन्द्रले १० स्थानमा जित हासिल गरको छ । प्रदेशसभामा काँग्रेस सात, संघीय समाजवादी फोरम एक र स्वतन्त्र उम्मेदवार एक स्थानमा विजयी भएका छन् । 

प्रदेश नं २ को प्रदेशसभाका ६४ क्षेत्रमा वाम गठबन्धनले २० स्थानमा जित हासिल गरेको छ । एमालेले १४ र माओवादी केन्द्रले छ स्थानमा जित हासिल गरेको छ । त्यस्तै नेपाली काँग्रेस आठ, संघीय समाजवादी फोरम नेपाल २०, राजपा नेपाल १५ र स्वतन्त्र उम्मेदवार एक स्थानमा विजयी भएका छन् । 

प्रदेश नं ३ को प्रदेशसभाका ६६ क्षेत्रमा वाम गठबन्धनले ५७ स्थानमा जित हासिल गरेको छ । एमाले ४३, माओवादी केन्द्र १४ स्थानमा विजयी भएको छ । त्यस्तै काँग्रेस सात, नयाँ शक्ति एक र नेमकिपा एक स्थानमा विजयी भएका छन् । 

प्रदेश नं ४ को प्रदेशसभाका ३६ निर्वाचन क्षेत्रमा पनि वाम गठबन्धनले बहुमत प्राप्त गरको छ । यस क्षेत्रमा एमालेले १६ र माओवादी केन्द्रले आठ स्थानमा जित हासिल गरेका छन् । त्यस्तै काँग्रेसले पाँच, नयाँ शक्तिले एक, राष्ट्रिय जनमोर्चाले दुई र स्वतन्त्रले एक स्थानमा जित हासिल गरेका छन् । तीन स्थानमा मतगणना जारी रहेको छ । 

प्रदेश नं ५ को प्रदेशसभाका ५२ निर्वाचन क्षेत्रमा पनि वाम गठबन्धनले बहुमत प्राप्त गरेको छ । गठबन्धनले ४३ स्थानमा जित हासिल गरेको छ । एमाले २९ र माओवादी केन्द्र १४ स्थानमा विजयी भएका छन् । यस्तै काँग्रेसले छ, संघीय फोरमले तीन स्थानमा जित हासिल गरेका छन् । 

प्रदेश न. ६ को प्रदेशसभाका २४ निर्वाचन क्षेत्रमा पनि वाम गठबन्धनले दुईतिहाइ बहुमत ल्याएको छ । गठबन्धनले २३ स्थानमा जित हासिल गरेको छ । एमालेले १४ र माओवादी केन्द्रले नौ स्थानमा जित हासिल गरेको छ । नेपाली काँग्रेसले ६ नं प्रदेशको एउटा मात्र प्रदेशसभामा जित हासिल गरेको छ । 

यसैगरी प्रदेश नं ७ को प्रदेशभाका ३२ निर्वाचन क्षेत्रमा पनि वाम गठबन्धनले बहुमत हासिल गरेको छ । गठबन्धनले २७ स्थानमा जित हासिल गरको छ । ७ नं प्रदेशमा एमाले १७ र माओवादी केन्द्र १० स्थानमा विजयी भएका छन् । यस्तै काँग्रेसले चार, राजपा नेपालले एक स्थानमा जित हासिल गरेका छन । 

प्रदेशसभामा विजयी दलहरुको प्रदेशगत संख्याः 
दल÷प्रदेश    प्रदेश नं १    प्रदेश नं २    प्रदेश नं ३    प्रदेश नं ४    प्रदेश नं ५    प्रदेश नं ६    प्रदेश नं ७ 
नेकपा (एमाले)    ३७    १४    ४३    १६    २९    १४    १७ 
माओवादी केन्द्र    १०    ६    १४    ८    १४    ९    १० 
नेपाली काँग्रेस    ७    ८    ७    ५    ६    १    ४ 
संघीय फोरम    १    २०    –    –    ३    –    – 
राजपा नेपाल    –    १५    –    –    –    –    १ 
नयाँ शक्ति    –    –    १    १    –    –    – 
राजमो    –    –    –    २    –    –    – 
नेमकिपा    –    –    १    –    –    –    – 
स्वतन्त्र    १    १    –    १    –    –    – 
मतगणना जारी    १    –    –    ३    –    –    – 
जम्मा क्षेत्र    ५६    ६४    ६६    ३६    ५२    २४    ३२ 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २१, २०७९

यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको दुवै मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार मतगणना सकिएसँगै थ्रेस होल्ड कटाएर सात राजनीतिक दल राष्ट्रिय दल बनेका ...

मंसिर ७, २०७९

राप्रपाले बाँके २ बाट जीतको खाता खोलेको छ । राप्रपाका महामन्त्री धवलशमशेर राणाले विजय हासिल गरेका हुन् ।  उनले २९ हजार ५७७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी जसपाका मोहम्मद ईश्तियाक राईले २३ हजार ...

असोज २७, २०७६

काठमाडौँ–राष्ट्रपति विद्यादेवी भण्डारीले म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा यही असोज २९ देखि कात्तिक ३ गतेसम्म त्यहाँको राजकीय भ्रमण गर्ने भएकी छिन् ।   भ्रमणका अव...

मंसिर २४, २०७४

काठमाडौं,२४ मंसिर– भक्तपुरको निर्वाचन क्षेत्र नंबर २ को प्रतिनिधिसभा सदस्यमा एमालेका महेश बस्नेत विजयी भएका छन् । उनले   ३६ हजार ४ सय १२ मत पाप्त गरेका छन् । उनका प्रतिस्पर्धी  नेपाली कांग्...

मंसिर ११, २०७९

यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पाल्पामा समानुपातिकतर्फ नेकपा एमाले अग्रस्थानमा रहेको छ । एमालेले जिल्लामा सबैभन्दा धेरै मत ल्याएर पहिलो भएको छ भने नेपाली कांग्रेस दोस्रो स्था...

मंसिर ५, २०७९

प्रतिनिधि र प्रदेशसभा सदस्य चयनका लागि आइतबार भएको मतदानमा म्याग्दीमा ५८.७८ प्रतिशत मत खसेको छ ।  छयासी हजार एक सय २० जनामध्ये ५० हजार छ सय २५ अथवा ५८.७८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जन...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x