सुनसरी ३ मा ५१९ मतले फेरि गच्छदारको अग्रता

सुनसरी, २७ मंसिर— सुनसरी क्षेत्र नम्बर ३ को मतगणना  निकै नै रोचक देखिएको छ  । पछिल्लो  मतगणनाअनुसार कांग्रेस उम्मेदवार विजयकुमार गच्छदारले अग्रता हासिल गरेका छन् । लगातार  वाम गठबन्धनकी एमाले उम्मेदवार भगवती चौधरीले अग्रता हासिल गरिरहेको बेला गच्छदारले फेरि ५१९ मतले अग्रता हासिल  गरेका हुन्  |

अब  ६ हजार ५०० को हाराहारीमा  मत गन्न बाँकी रहेको अवस्थामा  गच्छदारले ३६ हजार ८०  मत पाएका छन् । 
यस्तै एमालेकी चौधरी, ३५ हजार ५६१ मत ल्याएकी छिन् । 
 

मंसिर २७, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस