×

NMB BANK
NIC ASIA

प्रदेश राजधानी : चर्चामा कुन- कुन ठाउँ ?

मंसिर २७, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

 काठमाडौँ, २७ मङ्सिर  -  प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव सम्पन्नसँगै प्रदेशको राजधानी कहाँ बनाउने चर्चा सुरु भएको छ ।  सरकारीस्तरबाट पनि यसको गृहकार्य भइरहेको छ । 
चुनावमा उम्मेदवारले प्रदेशको राजधानी कहाँ बनाउने भन्ने विषयलाई चुनावी एजेन्डा बनाएका थिए ।  उम्मेदवारले आ–आफ्नो अनुकूल राजधानी बनाउने ठाउँ तोकेर नै प्रचार गरी मतदाता तान्ने प्रयास गरेका थिए । 
सातवटा प्रदेशका लागि सातवटा राजधानी चाहिन्छ तर प्रदेश सभा सदस्य चुनिएर आइसक्दा पनि राजधानीको टुङ्गो भने लागेको छैन ।  प्रदेशको राजधानी कहाँ राख्ने भनेर सरकारी स्तर र राजनीतिक दलबाट विभिन्न विकल्प प्रस्तुत पनि भएका छन् ।  
सरकारले नै प्रस्तुत गरेको एउटा प्रतिवेदन अनुसार प्रदेश २ का लागि जनकपुर, प्रदेश ४ का लागि पोखरा र प्रदेश ६ का लागि सुर्खेत राजधानी तोक्नु बाहेक अरू प्रदेशका लागि विकल्प प्रस्तुत गरेको छ ।  प्रदेश १ का लागि विराटनगर, धनकुटा र इटहरी, प्रदेश ३ का लागि काठमाडौँ, बनेपा, चितवन, धुलिखेल र हेटौंडा, प्रदेश ५ का लागि तुल्सीपुर, दाङ र बुटवल र प्रदेश ७ का लागि धनगढी र दिपायललाई विकल्पका रूपमा प्रस्तुत गरिएको छ ।  
सरकारले प्रदेश २ का लागि जनकपुरलाई सिफारिस गरे पनि राजनीतिक रूपमा पर्साको वीरगन्ज र सर्लाही पनि चर्चामा छ ।  यद्यपि जनकपुरलाई राजधानी बनाउने गरी सरकारले आवश्यक प्रक्रिया अगाडि बढाइसकेको छ ।  यसमा राजनीतिक सहमति बन्ने अवस्था पनि सिर्जना भएको छ ।  यसका लागि चार वर्षदेखि बन्द रहेको जनकपुर चुरोट कारखाना भवनलाई तोकिएको छ ।  ३६ बिगाहामा फैलिएको त्यस कारखाना परिसरमा पर्याप्त भौतिक संरचना रहेको छ ।  चुरोट कारखाना परिसरमा रहेको पुस्तकालय भवनलाई प्रदेश सभा भवन बनाउने तयारी पनि सुरु भइसकेको छ ।   
मुख्य मन्त्रीदेखि मन्त्रीसम्मलाई पुग्ने आवास गृह कारखाना परिसरमै रहेका छन् ।  त्यहाँ महानिर्देशक र सहायक महानिर्देशकको आवास एक–एक, निर्देशक तथा अधिकृतको आवास १२–१२ र पाचौँ तहका कर्मचारी बस्ने १५ वटा गरी ४१ आवास गृह रहेका छन् ।  यसले मुख्यमन्त्री र मन्त्रीहरूलाई चाहिने आवास गृह पर्याप्त रहेको छ ।  
सहरी विकास मन्त्रालयको प्राविधिक टोलीले सातवटै प्रदेशमा प्रदेश संसदको बैठक कक्ष, मुख्यमन्त्री निवास र कार्यालय तथा मन्त्री निवास र कार्यालयका लागि सम्भावित भवन खोजी गरी प्रतिवेदन बुझाइ सकेको छ ।  मन्त्रालयका प्रवक्ता शम्भु केसीका अनुसार सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतका विभिन्न डिभिजन कार्यालयले सो भवन खोज्ने कार्य गरेको हो ।  
मन्त्रालयले बुझाएको प्रतिवेदनमाथि सोमवार प्रधानमन्त्री कार्यालयमा छलफल भएको थियो ।  
सम्भावित ठाउँ तथा भवनको बारेमा गृह मन्त्रालयका स्थानीय प्रतिनिधिले अवलोकन गरी टुङ्गो लगाएर अन्तिम प्रतिवेदन सरकारलाई बुझाउने प्रवक्ता केसीले जानकारी दिए ।  उनले  सिफारिश भएका भवनहरूको बारेमा छलफल भइरहेको छ ।  अन्तिम प्रतिवेदन बुझाएपछि त्यसको टुङ्गो मन्त्रिपरिषद्ले लगाउने उनले  जानकारी दिए । 
त्यसै क्रममा प्रदेश १ का लागि पूर्वाञ्चल विश्वविद्यालयका लागि बनाइएको मोरङस्थित गोठगाउँको भवन सिफारिस गरिएको स्रोतले जनाएको छ ।  धनकुटास्थित क्षेत्रीय प्रशासन कार्यालय र विराटनगरमा रहेको कृषि कार्यालय वा सभागृह पनि सम्भावित विकल्पमा राखिएको मन्त्रालय स्रोतले जनाएको छ ।  
प्रदेश ३ का लागि जावलाखेलस्थित स्थानीय निकाय प्रशिक्षण प्रतिष्ठानको भवन, पुल्चोकस्थित पहिले स्थानीय विकास मन्त्रालय रहेको भवन, राजधानी बाहिर राख्नुपरे बनेपास्थित सूचना प्रविधि पार्कको भवन र हेटौँडामा भए मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय भवनलाई सिफारिस गरिएको छ ।  
प्रदेश ४ का लागि पश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय, पोखरा सभागृह, क्षेत्रीय प्रशासन कार्यालयलाई प्रदेशसभा र प्रदेश सरकारको कार्यालय तथा प्रदेश ५ का लागि घोराहीस्थित नेपाल संस्कृत विश्वविद्यालयको भवनलाई उपयुक्त विकल्पका रूपमा अगाडि सारिएको छ ।  
प्रदेश ६ का लागि सुर्खेतस्थित मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय र शैक्षिक तालिम केन्द्रको भवन तथा प्रदेश ७ का लागि दिपायलस्थित सुदूरपश्चिम क्षेत्रीय प्रशासन कार्यालय, शैक्षिक तालिम केन्द्र र सीटीईभीटीको कार्यालय भवनलाई सिफारिस गरिएको छ, गोरखापत्रमा खबर छ  ।  

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x