×

NMB BANK
NIC ASIA

फेरिँदै लोकदोहोरीको शैलीः कलाकारका आ–आफ्नै तर्क

मंसिर २७, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel


काठमाडौं, २७ मंसिर –गुनिउँ चोली, फुर्के डोरीले लरक्क बाटेको कपाल । लोक दोहोरीको म्युजिक भिडियो कल्पना गर्नेहरुले यस्तै धारणा बनाउन सक्छन् । तर, लोक दोहोरीसम्बन्धी टेलिभिजन कार्यक्रम र युट्युबमा हर्ने हो भने कल्पना गरेभन्दा ठीक उल्टो दृश्य देखिन्छ ।
छोटो वानपिस, हाई हिल सेन्डल र रंगीविरंगी कपालमा सजिएका मोडलहरु बिन्दास नाचिरहेका हुन्छन् । 
केहीले यसलाई लोक दोहोरीमा भित्रिएको आधुनिकीकरण मान्छन् भने केहीले चाँहि विकृति । जेसुकै भएपनि यसलाई मलजल गर्ने मध्ये एक मानिन्छन् शंकर बीसी । विसं २०५५ देखि निरन्तर म्युजिक भिडियोमा सक्रिय मोडल एवं नृत्य निर्देशक बीसीले एकनारायण भण्डारीको ‘सुपारी चाम्रो ...’ गीतमार्फत पहिरन र नृत्य शैलीमा परिर्वतन ल्याएका थिए ।
अहिलेसम्म चार हजार गीतको म्युजिक भिडियो निर्देशन गरिसकेका बीसीले दुई हजार जतिमा आफै अभिनय पनि गरेका छन् । लोकदोहोरीका म्युजिक भिडियोहरु आधुनिक बन्न थालेपछि नै लोहदोहोरीले बजारमा राम्रो मार्केट पाएको बीसीको दावी छ । 
‘सुरुमा गीत पनि मौलिक हुन्थे । मोडलहरुलाई चौरमा दौडाएर एक दुई स्टेपमै भिडियो बन्थ्यो । त्यसबेला हेर्नभन्दा पनि सुन्न बढी बनाइन्थ्यो’ उनले भने तर सधै एउटै तरिकाले काम गर्दा मोनोटोनस हुन्छ, त्यसैले केही नँया गरौं भनेरै मैले नै आधुनिक शैली भित्र्याएको हुँ । 
केही वर्षसम्म ६÷७ हजार रुपैँयाकै खर्चमा पुरै म्युजिक भिडियो बन्ने गरेकोमा अहिले एउटै भिडियो दुईदेखि तीन लाख रुपैँयासम्ममा बन्ने गरेको छ । पछिल्लो समय गीतको शब्द र संगीत नै मोर्डन शैलीमा बन्न थालेकाले त्यहीअनुसारको पहिरन र नृत्य देखाउनु परेको उनले बताए ।
युट्युबमा फिल्मी गीतमध्ये सबैभन्दा पहिला करोडको भ्यु पुग्नेमा फिल्म ‘वडा नं ६’ मा समावेश लोकशैलीको ‘सुर्के थैली खै...’ बोलको गीतमा पनि बीसीले नै कोरियोग्राफी गरेका हुन् । तर यता लोकदोहरी गायिका सुनीता दुलाल भने ठीक विपरीत छन्। 
उनी आफ्नो लोकदोहोरी भिडियोमा प्रायः साडीमै देखिन्छिन् । ‘मोर्डन हुनै हुन्न भनेको होइन, तर अचेल हाम्रो लोकदोहोरी चाहिने भन्दा बढी नै मोर्डन भइरहेको छ ।’ उनी भन्छिन् यो राम्रो लक्षण होइन ।
गीतको भिडियोले स्रष्टा र सर्जकलाई पनि प्रस्तुत गरिरहेको हुन्छ । त्यसैले यसतर्फ ध्यान दिनुपर्छ । राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानले पनि तीज गीतहरुमा सुहाउँदो पहिरन मात्रै प्रयोग गर्न नियम नै बनाएपछि मात्रै कन्ट्रोल भएको उनले सुनाइन । 
गायक रामजी खाँड पनि त्यसै भन्छन् । उनी पनि लोकदोहोरी गीत सुहाउँदो म्युजिक भिडियो नबनिरहेको स्विकाृछन् ।  ‘पहिलेका मौलिक भाषाका स्वरहरु र गायकगायिका, गीतकाहरु अहिले विस्थापित हुँदै गएकाले समस्या आएको हो ।’ उनी भन्छन्–एकले अर्कालाई फलो गर्ने शैलीले पनि यस्तो समस्या निम्त्याएको छ, कान्तिपुरमा खबर छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x