×

NMB BANK
NIC ASIA

थ्रेस होल्ड नकटाउने दलले पाएको मत के हुन्छ ?

मंसिर २७, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्ष तर्फको मतगणना सकिएसँगै समानुपातिक तर्फको मतगणना जारी छ । प्रत्यक्षमा जस्तै समानुपातिक मतगणनामा पनि नेकपा एमालेले अग्रता कायम गरेको छ । 

Muktinath Bank

नयाँ व्यवस्था अनुसार प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत कुल सदर मतको न्यूनतम तीन प्रतिशत मत पाउने राजनीतिक दलमात्रै समानुपातिक सिटमा प्रतिनिधित्व हुने छ । प्रदेश सभामा भने थ्रेसहोल्डको सीमा १ दशमलव ५ प्रतिसत कायम गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघिको निर्वाचनमा समानुपातिकमा आएको मतको आधारमा मात्र संसदमा प्रतिनिधित्व गर्ने दलको संख्या आधा दर्जनभन्दा बढी थिए । प्रत्यक्षमा एक सिटपनि नजितेको राप्रपा नेपाल संविधानसभामा चौथो ठूलो शक्ति थियो ।  


Advertisment
Nabil box
Kumari

निर्वाचन आयोगका अनुसार प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा १ करोड ५ लाख ८७ हजार ५ सय २१ मत खसेको थियो । 

Vianet communication
Laxmi Bank

तीन प्रतिशत नकटाउनेको के हन्छ ?

बुधवार बिहानसम्मको मतगणना अपडेट अनुसार प्रमुख तीन दल नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्र तथा संघीय समाजवादी फोरमले तीन प्रतिशतको थ्रेसहोल्ड कटाएका छन् । 

१९ लाख मतसहित नेकपा एमाले र १८ लाख मत सहित कांग्रेस दोस्रो स्थानमा छ । माओवादीले ७ लाख मत पाएको छ । 
राप्रपा र मधेस केन्द्रित राजपाले पनि थ्रेसहोल्डको सीमा कटाउन कसरत गरिरहेका छन् ।

समानुपातिक तर्फवाट संसदमा पुग्ने आशमा रहेको विवेकशील साझा र नयाँ शक्ति पार्टी नेपालले थ्रेसहोल्डको सीमा कटाउन मुस्किल पर्ने देखिएको छ । तीन प्रतिशत मत कटाउन नसक्ने दलको मत भने खेर जानेछ । त्यसको लाभ ठूला दललाई जानेछ । 

निर्वाचनमा १ करोड ५ लाख हाराहारिमा भोट खसेकोले बदर मत कटाउदा तीन लाख हाराहारिमा भोट पाउने दल समानुपातिकबाट संसदमा पुग्छ । तीन प्रतिशत मत ल्याउले दलका तर्फबाट ४ जना समानुपातिकबाट संसदमा पूगने सम्भावना रहन्छ । 

अहिलेसम्मको मतगणनाको ट्रेण्ड कायम रह्यो भने ५ वटा दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने छन् । राष्ट्रिय दलको मान्यताका लागि प्रत्यक्ष तर्फ न्युनतम पनि एकसिट र समानुपतिक तर्फबाट तीन प्रतिशत भोट ल्याउनु पने संवैधानिक बाध्यता छ । 

राष्ट्रिय दलको मान्यता प्राप्त दललाई मात्र संसद सचिवालयले संसदीय दलको कार्यालय लगायतका सुविधा प्रदान गर्ने गर्दछ । प्रत्यक्ष तर्फबाट भने संसदमा ९ दल पुग्ने पक्का भएको छ । प्रत्यक्ष तर्फ एकसिट जितेका नयाँ शक्ति, राप्रपा, नेमकिपा र राष्ट्रि जनमोर्चाको हैसियत संसदमा प्रतिनिधित्व गर्ने दलको रुपमा मात्र रहने छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x