माघ ७, २०७४
लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ । शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...
काठमाडौं— उत्तर कोरियाले आफ्ना नेता किम जोङ–उन मौसमलाई नियन्त्रण गर्न समर्थ रहेको दाबी गरेको छ । किम चीनको सिमानानजिक पाएक्तु पर्वतको शिखरमा उभिएको तस्वीर सार्वजनिक भएपछि यस्तो दाबी गरिएको हो ।
पाएक्तु पर्वत नौ हजार फीट अग्लो छ र किमले चम्किलो कालो जुत्ता तथा औपचारिक कपडा लगाएर पर्वतको टुप्पोमा घुमेको देखिन्छ ।
उनको यो सफलतालाई सरकारी सञ्चारमाध्यम कोरियन सेन्ट्रल न्युज एजेन्सीले प्रशंसा ग–यो । पर्वतमा राम्रो मौसम भएबाटै किम मौसम नियन्त्रणमा सक्षम रहेको प्रमाणका रूपमा उसले प्रस्तुत ग–यो ।
डिसेम्बरमा प्रायः पाएक्तु पर्वतको मौसम असहज हुन्छ तर किम पर्वतमा चढेपछि ‘महान् नेताको दर्शन पाएर पर्वतको वातावरण मुग्ध देखिन्थ्यो,’ केसीएनए लेख्छ ।
दक्षिण कोरियाली सरकारका एक अधिकारीले किमको पछिल्लो प्रोपागान्डाले उनी कुनै उच्च अधिकारीलाई मृत्युदण्ड दिने योजना बुनिरहेको संकेत हो भनेका छन् ।
महत्त्वपूर्ण निर्णयहरू लिनुअघि किम पाएक्तु पर्वत पुग्ने गर्छन् ।
पाएक्तुलाई उत्तर कोरियाका प्रथम नेता किम इल–सुङको पवित्र जन्मभूमिका रूपमा मानिएको छ ।
कोरियाका सबभन्दा पहिला नेता दांगुनको यो जन्मभूमि रहेको मान्यता छ । दांगुनले इसापूर्व २३३३ मा कोरियाली राज्य स्थापना गरेको मान्यता छ ।
यो पर्वतमा अहिलेसम्मकै सबभन्दा खतरनाक ज्वालामुखी विस्फोट भएको मानिन्छ अनि उत्तर कोरियाले आणविक हतियार परीक्षण गरिरहँदा ज्वालामुखी फेरि विस्फोट हुने सम्भावना छ ।
द डेली मेलबाट
लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ । शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...
दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ । दोहामा भएको दुई दिन लाम...
बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...
काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ । ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...
काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ । अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...
भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ । बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...