माघ २०, २०७४
काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...
काठमाडौं, २७ मंसिर — उत्तर कोरियासँग आणविक युद्धको खतरा बढ्दै गएपछि संसारलाई बचाउन अमेरिकाले नयाँ कूटनीतिक कदम चालेको छ । उसले उत्तरसामु झुक्दै कुराकानी शुरु गर्ने भनेको छ ।
अमेरिकाका विदेशमन्त्री रेक्स टिलरसनले कुनै पनि पूर्वशर्त नराखिकनै उत्तरसँग संवाद शुरु गर्ने बताएका छन् । मंगलवार एक भाषण गर्दै टिलरसनले उत्तर कोरियालाई प्रस्ताव गरे, ‘लौ, भेटौं ।’
उनको यो प्रस्तावपछि अमेरिकाले आफ्नो मागबाट पछि हटेको संकेत पाइएको छ । आणविक निःशस्त्रीकरणको स्थितिमा मात्र उत्तर कोरियासँग वार्ता सम्भव रहेको यसअघि अमेरिकाले बताउँदै आएको थियो ।
उत्तर कोरियाले लगातार उन्नत किसिमका आणविक परीक्षण र क्षेप्यास्त्र प्रक्षेपण गरिरहँदा दुई देशबीचको तनाव बढेको छ । दुवैले एकअर्कालाई आरोप प्रत्यारोप पनि गरिरहेका छन् ।
उत्तर कोरिया तयार भएमा अमेरिका उससँग वार्ता गर्न तयार रहेको टिलरसनको भनाइ छ । टिलरसनको यो भनाइमा राष्ट्रपति डोनल्ड ट्रम्पको समर्थन छ कि छैन भन्ने कुरा प्रस्ट छैन ।
यसअघि पनि टिलरसनले कूटनीतिक वार्तामार्फत विवाद मिलाउनुपर्ने बताउँदा ट्रम्पले टिलरसन समय बर्बाद गरिरहेका छन् भनेका थिए ।
उता उत्तर कोरियाले चाहिँ अमेरिकासँग कुराकानी गर्न आफूलाई कुनै रुचि नभएको बताएको छ । अमेरिकाको भूमिमा प्रहार गर्न सक्ने क्षेप्यास्त्र पूर्ण विकसित नभएसम्म वार्ता सम्भव नभएको उसको दाबी छ ।
यसका बाबजुद टिलरसनले अमेरिका शान्तिपूर्ण कूटनीतिमार्फत उत्तर कोरियाको समस्या हल गर्न चाहेको बताउँछन् ।
एजेन्सी
काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...
जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...
जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् । जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...
काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ । ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...
काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ । आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...
कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ । चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् । सनु २०११ पछि नेतृत्वमा आएका किमको...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...