×

NMB BANK
NIC ASIA

अमेरिकी धारणामा व्यापक परिवर्तन, उत्तर कोरियासँग बिनाशर्त वार्तामा बस्न तयार

मंसिर २७, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

वासिङटन, २७ मङसिर -अमेरिकाले उत्तर कोरियासँग वार्ता गर्न तयार रहेको जनाउ दिएको छ । अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले सो जानकारी दिनुभएको छ । 

वासिङ्टनस्थित केही ‘थिंक ट्यांक’ हरुसँग मङ्गलबार भएको छलफलका क्रममा उहाँले सो जानकारी दिनुभएको समाचारमा जनाइएको छ । 

अमेरिकी विदेशमन्त्री टिलरसनले उत्तर कोरियासँग सिधा वार्तागर्न अथवा विना कुनै शर्त नै अमेरिका तयार रहेको जानकारी दिनुभएको छ । 

यस विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भने केही धारणा आएको छैन । अमेरिकी विदेशमन्त्री टिलरसनको यो धारणा उहाँको आफ्नै हो या त्यसमा राष्ट्रपति टिलरसनको सहमति पनि छ भन्ने बारेमा पनि केही बताइएको छैन । 

विदेशमन्त्री टिलरसनले उत्तर कोरियासँग गरिने वार्ताका लागि मार्गचित्र निर्धारण गर्ने र विना शर्त जुनसुकै विषयमा छलफल गर्न सकिने उहाँले बताउनुभएको छ । 

एकजना अमेरिकी ह्वाइट हाउसका अधिकारीको भने उत्तर कोरियाको आणविक कार्यक्रम तथा समग्र उत्तर कोरियाली नीतिका बारेमा भने राष्ट्रपति ट्रम्पको हालको धारणामा कुनै परिवर्तन नआएको जानकारी आएको छ । 

अमेरिकाले उत्तर कोरियासँग वार्तागर्ने भनी आएको यो नै पहिलो अभिव्यक्ति हो । विगतमा यसरी अमेरिकाले वार्ताका सम्भावित शर्तहरुको बारेमा केही कुरा राखेको थिएन । 

तर परमाणु अस्त्रको बारेमा उत्तर कोरियाको कार्यक्रम भने अमेरिकाले नस्वीकार्ने विदेशमन्त्री टिलरसनले प्रष्ट पार्नुभएको छ । यसअघि अमेरिकाले केही समयमात्र अघि वार्ताका लागि उत्तर कोरिया निशस्त्र हुनुपर्ने भन्दै आएको थियो । 

तर यो पछिल्लो अमेरिकी धारणामा परिवर्तन आएको देखिन्छ । यस पटक भने उहाँले अमेरिका विनाशर्त नै उत्तर कोरियासँग वार्तामा बस्ने जनाएको हो । 

उत्तर कोरियाविरुद्ध अमेरिका, जापान र दक्षिण कोरिया एकै ठाउमा 

हालैमात्र निकै लामो समयपछि संयुक्त राष्ट्रसंघका एक उच्च अधिकारीबाट उत्तर कोरियाको भ्रमण भएको थियो । सो भेटबाट दुवै पक्षबीच विश्वासमा वृद्धिगर्न सफलता मिलेको उत्तर कोरियाले जनाएको छ । 

संयुक्त राष्ट्रसंघको राजनीतिक मामिला हेर्ने उपमहासचि जेफ्रे फेल्टम्यानले राष्ट्रसंघको यति उच्च तहको अधिकारीबाट सन् २०१० पनि पहिलोपटक उत्तर कोरियाको यो भ्रमण गर्नुभएको बताइएको छ । 

उपमहासचिव जेफ्रे फेल्टम्यानसहितका राष्ट्रसङ्घीय केही उच्च पदाधिकारीले यही डिसेम्बर ५ देखि ९ सम्म प्योङ्याङको भ्रमण गरेका थिए । 

सो भ्रमणका क्रममा उनीहरूले उत्तर कोरियाका विदेशमन्त्री, उपविदेशमन्त्री, विदेश मन्त्रालयका अन्य विशिष्ठ अधिकारीहरुसँग भेटवार्ता गरेका थिए । 

सो भेटमा भएका द्विपक्षीय वार्ताहरुमा कोरियाली प्रायद्वीपको सङ्कटका बिषयमा छलफल भएको र उक्त समस्याको शान्तिपूर्ण समाधानका लागि अधिकारीहरुले जोड दिएका पनि प्राप्त समाचारमा जनाइएको छ । 

उता कोरियाली प्रायद्वीपमा अमेरिका, दक्षिण कोरिया र जापानले हालैमात्र सामुद्रिक सैन्य अभ्यास गरेका बताइएको थियो । त्रिपक्षीय रुपमा गरिएको सो अभ्यास खासगरी उत्तर कोरियाले पछिल्लो समयमा जारी राखेको आणविक परीक्षणका विरुद्धमा लक्षित थियो । 

विशेषगरी कोरियाली प्रायद्वीपमा हुनसक्ने सम्भावित ब्यालेस्टिक क्षेप्यास्त्रको रोकावटका लागि गरिने उपायहरुका बारेमा त्यस अभ्यासका क्रममा एक संयन्त्रको स्थापना गरी प्रयास गरिएको बताइएको छ । 

उत्तर कोरियाका विरुद्धमा दक्षिण कोरिया र अमेरिकाले दुई महिनामात्र अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य अभ्यास गरेका थिए । उक्त सैन्य अभ्यासको उत्तर कोरियाले विरोध गर्दै आएको छ । 

जापान, दक्षिण कोरिया र अमेरिकासँग उत्तर कोरियाको सम्बन्ध बिग्रिएको छ । उत्तर कोरियाले गर्ने गरेका क्षेप्यास्त्रहरुको परीक्षणमा उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिकालाई लक्ष्य गरेको भन्ने गर्दछ । 

उत्तर कोरियाले जारी राखेको आणविक कार्यक्रमका कारण यस्तो अवस्था आएको हो । जसले गर्दा अमेरिका र उत्तर कोरियाले एक अर्काका विरुद्धमा निकै कडा अभिव्यक्ति दिइआएका छन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड टम्पको केही समय मात्र अघि भएको दक्षिण कोरिया, जापान र चीनको भ्रमणका समयमा पनि राष्ट्रपति टम्पले उत्तर कोरियाको निकै नै आलोचना गर्नुभएको थियो । रासस 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x