×

NMB BANK
NIC ASIA

वाम गठबन्धनबाट मुख्यमन्त्री बन्न हानथाप, कहाँ कसको दावी ?

मंसिर २७, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं २७ मंसिर–  दुई चरणमा गरी भएको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम नतिजा आइसकेको छ । निर्वाचन परिणाम अनुसार २ नम्बर प्रदेशबाहेक अन्य ६ प्रदेशमा एमाले र माओवादी केन्द्रको वाम गठवन्धनको सरकार बन्ने निश्चित जस्तै छ । 

Sagarmatha Cement
Muktinath Bank

प्रदेश नम्बर २ मा भने मधेस केन्द्रित दल संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले अन्य दलसंग मिलेर सरकार बनाउने सम्भावना छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

६०÷४० को अनुपातमा चुनाव लडेका नेकपा एमाले र माओवादी केन्द्रबीच प्रदेशको मुख्यमन्त्रीमा भागवण्डा भइसकेको छैन । प्रदेश नम्बर २ मा मधेश केन्द्रित दलले सरकार बनाएमा बाँकी ६ मा एमाले र माओवादीले भागवण्डा गर्नेछन् । चुनाव लगत्तै पार्टी एकीकरणको सहमति भएकोले भागवण्डामा समस्या नपर्ने दुवै दलका नेताहरु बताउँछन् । 


Advertisment
Nabil box
Kumari

प्रदेश नम्बर १ मा वामगठबन्धनको तर्फबाट एमालेले मुख्यमन्त्री पाउने सम्भावना छ । त्यसो भएमा शेरधन राई मुख्यमन्त्री बन्ने सम्भावना बलियो छ । केपी ओली सरकारमा सञ्चारमन्त्री रहेका राई मुख्यमन्त्रीको उम्मेदवार बन्ने पक्का भएपछि प्रदेश सभाका लागि चुनाव लड्न गएका थिए । प्रदेश नम्बर १ बाट एमाले सचिव भीम आचार्य र हिक्मत कार्कीको पनि चर्चा हुने गरेको छ ।

Vianet communication
Laxmi Bank

 

प्रदेश २ मा मधेस केन्द्रित दलले मुख्यमन्त्री बनाउने सम्भावना छ । संघीय समाजवादी फोरमले लालबाबु राउतलार्ई अगाडि सार्ने सम्भावना छ । फोरमले २ नम्बर प्रदेशमा सबभन्दा धेरै २० सीट जितेको छ । राजपाले पाएमा जितेन्द्र सोनल या सुरीताकुमारी साहलाई अगाडी सार्ने सम्भावना छ । २  नम्बर प्रदेशमा राजपाले १५ सिट जितेको छ । एमालेले पाएमा सत्यनारायण मण्डलको सम्भावना रहन्छ । 

यो प्रदेशमा एमालेले प्रत्यक्ष तर्फ १२, कांग्रेसले ८ र माओवादीले ६ सिट जितेको छ । समानुपातिकको मतगणनाले यो समिकरणमा फेरबदल हुनसक्छ । वामपन्थी गठबन्धनले फोरमलाई समर्थन गर्ने सम्भावना छ ।  

प्रदेश नम्बर ३ मा मुख्यमन्त्रीका लागि एमालेका धेरै नेता आकांक्षी छन् । एमालेका अष्टलक्षी शाक्य, राजेन्द्र पाण्डे र पशुपति चौलागाईको सम्भावना बढी छ । मुख्यमन्त्रीमा महिलालाई समेत प्राथमिकता दिनु पर्ने भएकोले अष्टलक्ष्मी मुख्यमन्त्री बन्ने सम्भावना बलियो देखिन्छ । अष्टलक्ष्मी एमालेकी महिला उपाध्यक्ष पनि हुन् ।

केशव स्थापित, अरुण नेपाल लगायतले पनि दावी गरेका छन् । प्रदेश नम्बर ३ मा एमालेले प्रदेशसभाको प्रत्यक्ष तर्फ ४२ सिट जितेको छ ।

 
प्रदेश नम्बर ४ मा एमालेका पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्रीका मुख्य दावेदार हुन् । मुख्यमन्त्रीको रुपमा किरण गुरुङले पनि दावी गरेका छन् । प्रदेश नम्बर ४ मा माओवादीले पनि मुख्यमन्त्री दावी गर्ने सम्भावना छ । कांग्रेसका युवा नेता प्रदीप पौडेललाई पराजित गरेकी आशा कोइराला खनालको नाम पनि चर्चामा छ ।

प्रदेश नम्बर ५ बाट एमालेका शंकर पोखरेलको धेरै सम्भावना छ । दाङ क्षेत्र नम्बर २ मा माओवादीका कृष्णबहादुर महरालाई टिकट दिने बेलामै पोखरेललाई मुख्यमन्त्री बनाउने सहमति भएको थियो । माओवादीका कुलप्रसाद केसी स्वनामले पनि मुख्यमन्त्रीका दावेदार हुन् । पोखरेलले मुख्यमन्त्री बनेर दाङलाई पाँच नम्बर प्रदेशको राजधानी बनाउने भन्दै चुनाव प्रचार गरेका थिए । 

प्रदेश नम्बर ६ को मुख्यमन्त्री माओवादीले पाउने पक्का जस्तै छ । माओवादीका तर्फबाट जुम्लाका नरेश भण्डारी र पूर्वउर्जामन्त्री महेन्द्रबहादुर शाहीको चर्चा छ । कणालीको विकास सम्बन्धी किताव लेखेका माओवादी पोलिटव्युरो सदस्य भण्डारीको बलियो सम्भावना रहेको बताइन्छ । सुर्खेतबाट चुनाव जितेका एमालेका यामलाल कँडेल र सल्यानका प्रकाश ज्वाला पनि मुख्यमन्त्रीका दावेदार हुन् । 

प्रदेश ७ को मुख्यमन्त्री पायो भने पूर्वमन्त्री कर्णबहादुर थापाको चर्चा छ । एमालेले मुख्यमन्त्री पाएको ठाउँमा माओवादीले प्रदेशको सभामुख पाउने सम्भावना छ ।

प्रदेश सभाको निर्वाचन पहिलो पटक भएका कारण को मुख्यमन्त्री बन्ला भन्ने कौतुहलता छ । प्रदेश सभाका लासग भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले बीस दिनभित्र प्रदेश सभाकोे अधिवेशन आव्हान गर्नुपर्ने व्यबस्था छ । मुख्यमन्त्रीको निर्वाचन प्रदेश सभाको बैठकको प्राथमिक कार्यसूची हुनेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x