×

NMB BANK
NIC ASIA

भारतको देहरादूनमा हिमोत्सव हुने, नेपालले पनि भाग लिने

मंसिर २७, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २७ मंसिर — एम्प मिडिया एन्ड एड्भर्टाइजिङ प्राइभेट लिमिटेड र सिग्नेचर इभेन्टोस, भारतले भारतको देहरादूनमा हिमोत्सव गर्ने भएका छन् । 

यो उत्सव मंसिर २९ देखि पुस २ गते अर्थात् डिसेम्बर महिनाको १५ देखि १७ तारिखसम्म आयोजना गरिनेछ । देहरादूनको परेड ग्राउन्डमा कार्यक्रम हुन लागेको हो ।

हिमोत्सवमा नेपाल र भारतका सांस्कृतिक नृत्य, वाद्यवादन, लोकगीत, लोकनृत्यका प्रस्तुति रहनेछन् । नेपालबाट ७५ जिल्लामा प्रचलनमा रहेका लोकभाकाका गीत र नृत्यलाई नेपालबाट गएका २५ जना कलाकारहरूले प्राचीन वाद्यसामग्रीका साथ प्रस्तुत गर्नेछन् । 

Muktinath Bank

भारतीय भूमिमा गएर भारतीयहरूसँग एउटै मञ्चबाट यसरी आआफ्ना देशका संस्कृति झल्किने कार्य गर्न पाउनु दुवै देशका प्रस्तोता र दर्शकका लागि सुनौलो अवसर भएको आयोजकहरूले बताएका छन् । 

दुवै देशका सांस्कृतिक कलाकारहरूले एकआपसमा आआफ्नो संस्कृतिलाई साटासाट गर्न पाउने र साझेदारी बढाउन सक्ने अवस्थाको सिर्जना यस उत्सवले गराउने उनीहरू बताउँछन् । 

यस उत्सवले पर्यटन, कला, संस्कृति, परम्परा, इतिहास र व्यापारको क्षेत्रमा एक देश र अर्को देशका बीच सामञ्जस्य प्रदान गर्नेछ । 

हिमोत्सव आयोजकहरूले नेपाल र भारतमा विभिन्न कार्यक्रम गर्दै आइरहेका छन् । यसै सिलसिलामा हिमोत्सवको प्रचारका लागि ललितपुरको पुल्चोकस्थित लबिम मलमा ‘लक्ष्य ब्यान्ड’ले  बुधवार भव्य प्रस्तुति दिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हिमोत्सव कार्यक्रमको सफलताका लागि नेपाल पर्यटन बोर्ड, नेपाल भारत मैत्री संघ, लबिम मल, स्मार्ट डोको, वेलकमनेपाल डट्कम लगायतले सहयोग गरेका छन् । 

भारत गएर प्रस्तुति दिन लागेका नेपालीहरूमा लक्ष्य ब्यान्ड, गायक योगेश काजी, गायिका आकांक्षा बस्याल, गायक मुस्कान रानाभाट, नर्तक तरेली सांस्कृतिक समूह र गायक ओस्कर तमु परेका छन् । 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

कात्तिक २७, २०८०

गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ ।  तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । ​ बा...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x