×

NMB BANK
NIC ASIA

संसदमा ९ दलको उपस्थिती पक्का, राष्ट्रिय मान्यता प्राप्त दल कति ?

मंसिर २७, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं २७ मंसिर– समानुपातिक तर्फ तीन प्रतिसतको थ्रेसहोल्डका कारण यसपटक संसदमा राजनीतिक दलको संख्या ९ मै सीतिम रहने संकेत देखिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

प्रत्यक्ष तर्फवाट नेकपा एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेस, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी, नयाँ शक्ति पार्टी, राप्रपा, राष्ट्रिय जनमोर्चा र नेमकिपा संसदमा पुग्ने पक्का भएको हो । नौ दलले एक वा एक भन्दा बढी सीट जितेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रत्यक्षमा ८० सीटमा विजयी भएर नेकपा एमाले संसदको पहिलो पार्टी बन्ने पक्का भएको छ । प्रत्यक्षमा ३६ सीट जितेको माओवादी समानुपातिकका कारण तेस्रो दल बन्न्े सम्भावना छ । प्रत्यक्षमा २३ सिट जितेपनि नेपाली कांग्रेस समानुपातिका कारण दोस्रो दल बन्ने सम्भावना देखिएको छ । बुधवार बेलुका सम्मको समानुपातिक तर्फको मतगणनामा एमालेले भन्दा नेपाली कांग्रेस १ लाख भोटले पछाडि छ । 


Advertisment
Nabil box
Kumari

समानुपातिकमा एमालेले ४३ देखि ४५ र कांग्रेसले ४० देखि ४३ सीट पाउने प्रक्षेपण भएको छ । माओवादी केन्द्रले समानपातिक तर्फबाट २० सीट जित्ने संकेत देखिएको छ । 
संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले तीन प्रतिसतको थ्रेसहोल्ड सीमा कटाएका छन् ।  

Vianet communication
Laxmi Bank

राष्ट्रिय दल कतिवटा ?
संसदमा नौ दलको उपस्थिती भएपनि राष्ट्रिय दलको संख्या भने कम हुने संकेत देखिएको छ । राष्ट्रिय दलको मान्यता पाउन प्रत्यक्ष तर्फ कम्तिमा पनि एकसिट जितेको र समानुपातिक तर्फ तीन प्रतिसत भोट ल्याउनु अनिवार्य छ । 

प्रत्यक्षतर्फ चुनाव जितेपनि अहिले सम्म एमाले, कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राजपाले मात्र कुल खसकेको मतको तीन प्रतिसत प्राप्त गरेका छन् । २०७० सालको संविधानसभा चुनावमा समानुपातिक तर्फबाट २४ सिट जितेको कमल थापा नेतृत्वको राप्रपाले यसपटक सोही अनुसार मत पाउने संकेत देखिएको छैन् ।

समानुपातिक तर्फबाट संसदमा पुग्नको कुल खसेको मतको तीन प्रतिसत अर्थात तीन लाख भन्दा बढी मत ल्याउनु जरुरी छ । मंसिर १० र २१ गते सम्पन्न निर्वाचनमा कुल १ करोड ५ लाख ८७ हजार ५ सय १२ मत खसेको थियो । तीन प्रतिसत मत बदर हुने विगतको ट्रेण्ड कायम रहेमा समानुपातिक तर्फवाट संसदमा पुग्न कम्तिमा ३ लाख ६ हजार भोट आबस्यक पर्ने अनुमान गरिएको छ । 

पहिलो पटक चुनावमा सहभागि भएको नयाँ शक्ति पार्टीले प्रत्यक्षमा एउटा क्षेत्र जितेपनि समानुपातिकमा तीन प्रतिसत कटाउन नसक्ने देखिएको छ । प्रत्यक्षमा चुनाव जितेर समानुपातिकमा तीन प्रतिसत नकटाएका दलको हैसियत ‘संसदमा प्रतिनिधित्व गर्ने दल’मात्र हुनेछ ।
राष्ट्रिय दलको मान्यता पाएका दललाई मात्र संसद सचिवालयले संसदीय दलको कार्यालय लगायत संसदले दिने सुविधा पाउने छ । बहसमा रहेको राजनीतिक दललाई अनुदान दिने कानून बन्यो भने राष्ट्रि मान्यता प्राप्त दलले मात्र सो सुविधा पाउने छन् । 

जसले जमानत जोगाउन सकेनन्
गत संविधासभामा रहेका कतिपय दलले भने यसपटक जमानत जोगाउन पनि सकेनन् । दुइवटै संविधानसभामा समानुपातिक तर्फबाट सांसद बनेको नेकपा मालेले देशभर कुनै पनि क्षेत्रमा चुनाव जित्न सकेन भने समानुपातिकमा पनि उसले खासै मत प्राप्त गरेको छैन् । 

शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागि राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक), राप्रपाबाट अलग्गिएर बनेको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी), बहुजन शक्ति पार्टी, नेपाली जनताा दल, संघीय लोकतान्त्रिक मञ्च थरुहट लगायतका दल यसपटक संसदमा आउनबाट चुकेका छन् । केही दल भने चुनावमो पूर्वसन्ध्यामा ठूला दलमा गाभिएका थिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x