हार्नेको घरमा जब जित्ने पुगे ....

मंसिर २७, २०७४

महोत्तरी, २७ मंसिर -महोत्तरी जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर -१ बाट पराजित उम्मेदवार सिताराम भण्डारीले बिजयी उम्मेदवार गिरिराजमणि पोखरेललाई बधाई दिनुभएको छ ।

नेपाली काग्रेसको तर्फबाट प्रतिनिधि सभाको उम्मेदवार रहनुभएका भण्डारी ले ९४७५ मत ल्याएर पोखरेल सङ्ग पराजित हुनुभएको थियो । मतदाताको घर-घरमा पुगेर आभार व्यक्त गर्ने क्रममा पोखरेल आफ्नो प्रतिस्पर्धी भण्डारीलाई भेट्न गौशाला नगरपालिका -१० भरतपुर स्थित भण्डारीको निवासमा नै पुग्नुभएको थियो ।

बाम गठबन्धनका साझा उम्मेदवार पोखरेल घरैमा भेट्न आएपछि भण्डारी भावुक बन्नु भएको थियो । 
भण्डारीले पोखरेलको प्रसंशा गर्दै पोखरेल सदाबहार नेता भएको प्रतिक्रिया दिनुभयो । भेटमा भण्डारीले पोखरेललाई जनताले दिएको मतको कदर गर्न आग्रह पनि गर्नुभयो ।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिवालय सदस्य एवम् बिना बिभागिय मन्त्री समेत रहनुभएका पोखरेलले जनताले दिएको मतको सम्मान गर्ने बताउनुभयो ।
हामी जनताको सेवक हौ, जुन पार्टीमा भएनी जनताको सेवा गर्ने बाहेक हाम्रो कुनै स्वार्थ छैन पोखरेल ले भन्नुभयो : भण्डारी दाइ सङ्ग सल्लाह र सहकार्य गरेर अघि बढ्छु ।

नेपाली काग्रेसका उम्मेदवार भण्डारीको घरैमा पुग्नुभएका पोखरेललाई भण्डारीका ९६ बर्षिया आमा लक्ष्मिदेवि भण्डारीले टीका र माला लगाएर बधाई दिदै जो जहाँ भएनी मिलेर अघि बढ्न आग्रह गर्नुभयो । ९६ बर्षिया वृद्ध भण्डारी भन्नुभयो : जस्ले जिते पनि जनतालाई सुख र शान्ति मिलोस मेरो आशीर्वाद छ ।

महोत्तरी-१ को प्रतिनिधि सभा निर्वाचनमा पोखरेलले २३७७६ मत ल्याएर बिजयी हुनुभएको थियो भने उहाँको निकतम प्रतिद्वन्द्वी सङघिय समाजवादी फोरमका लक्ष्मी महतोले १९४९२ मत ल्याउनु भएको थियो । काग्रेसका उम्मेदवार सिताराम भण्डारी भने ९४७५ मत ल्याएर तेस्रो स्थानमा रहनुभएको छ ।

महोत्तरी-१ बाट प्रतिनिधि सभामा अत्याधिक मतले बिजयी गराएको भन्दै पोखरेलले आम मतदातालाइ घरैमा पुगेर धन्यवाद व्यक्त गरिरहनु भएको छ ।

मंसिर २७, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस