यस्तो छ समानुपातिक तर्फको पछिल्लो मत परिणाम

काठमाडौं, २८ मंसिर– प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको प्रत्यक्षतर्फ पहिलो बनेको नेकपा एमाले समानुपातिकतर्फ पनि पहिलो पार्टी नै बनेको छ । अहिलेसम्मको मतगणना अनुसार एमालेले २५ लाख ५० हजार २६० मत ल्याएर पहिलो स्थानमा रहेको निर्वाचन आयोगले  जनाएको छ । 


यसैगरि प्रत्यक्षतर्फ तेस्रो हुन पुगेको नेपाली कांग्रेस समानुपातिकतर्फ भने दास्रो स्थानमा रहेको छ । समानुपातिकतर्फ कांग्रेसले २४ लाख ६३ हजार ११४ मत प्राप्त गरेको छ । प्रत्यक्षतर्फ दोस्रो ठूलो पार्टी बनेको नेकपा माओवादी केन्द्र समानुपातिकतर्फ भने तेस्रो पार्टी बनेको छ। मओवादी केन्द्रले १० लाख ६ हजार ३९५ मत ल्याएको छ । 


यसैगरि चौंथो स्थानमा रहेको संघीय समाजवादी फोरमले नेपालले ३ लाख ४४ हजार २८८ मत ल्याएको छ । २ लाख ८४ हजार ८३३ मत ल्याएर राष्ट्रिय जनता पार्टी नेपाल पाँचौं स्थानमा रहेको छ । 
 

मंसिर २८, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस