×

NMB BANK
NIC ASIA

नरेन्द्र मोदी धेरै च्याउ खाएर गोरा भएका हुन् ?

मंसिर २८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २८ मंसिर — भारतको गुजरातमा भइरहेको विधानसभाको निर्वाचनको पूर्वसन्ध्यामा मंगलवार अल्पेश ठाकुर नामक एक युवा नेताले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका बारेमा रमाइलो बयान दिएका छन् । 

चुनाव प्रचारको अन्तिम दिन उनले भने, ‘मोदी साहबले जे खान्छन्, त्यो तपाईंले खान सक्नुहुन्न किनकि त्यो गरीबको खाना होइन ।’

अल्पेश थप्छन्, ‘मैले त्यो खानेकुरा कुन हो भनी सोध्दा मलाई बताइयो, त्यो ताइवानबाट मगाइएको च्याउ हो । ताइवानबाट ल्याइएको च्याउको ८० हजार भारु पर्छ र मोदी साहब दिनदिनै पाँचवटा यस्ता च्याउ खान्छन् । 

मैले उनी यसरी च्याउ प्रधानमन्त्री भएदेखि खान थालेका हुन् भनी सोध्दा उनी मुख्यमन्त्री बनेदेखि खान थालेको भन्ने जवाफ आयो । 

अनि मैले पनि सोच्न थालें, उनी त मजस्तै काले थिए, कसरी यति गोरा भए ? मैले ३५ वर्षपहिले उनको तस्वीर हेर्दा उनी मजस्तै काले थिए । 

जुन प्रधानमन्त्रीले दिनदिनै चार लाख भारु पर्ने च्याउ खान्छन्, उनी महिनाको एक करोड २० लाख भारु सक्छन् । उनलाई रोटी र भात मीठो लाग्दैन । उनी देखावटी गर्छन् ।’

यो बयान सार्वजनिक भएपछि सामाजिक सञ्जालमा रमाइला टिप्पणी आउन थाले । 

तर यो बयानलाई गम्भीरतापूर्वक अध्ययन गर्दा च्याउ, त्यसले स्वास्थ्यलाई दिने लाभ र ताइवानका बारेमा जानकारी लिनुपर्ने हुन्छ । 

च्याउ फंगसबाट बन्छ । कुनै कुनै च्याउ खानलायक हुन्छ भने कुनै चाहिँ विषालु हुन्छ । 

यस्ता विषालु च्याउ खाँदा पेट दुख्ने वा उल्टी आउने समस्या हुन्छ । कुनैले चाहिँ मृत्यु पनि गराउन सक्छन् । 

खानलायक च्याउमा प्रोटीन र फाइबर हुन्छ । भिटामिन बी पनि यसमा हुन्छ र सेलेनियमजस्तो एन्टीअक्सिडेन्ट पनि हुन्छ । 

च्याउले रोगप्रतिरोधक क्षमता बढाउँछ र कोषिकालाई हुने हानि रोक्छ । च्याउले डीएनएमा हुने हानिलाई रोकेर क्यान्सरबाट पनि बचाउँछ । 

च्याउ यौन शक्तिवर्द्धक पनि हुन्छ किनकि यसमा पर्याप्त मात्रामा जिंक हुन्छ । यसले पुरुषमा सेक्स हर्मोन टेस्टोस्टेरोनको मात्रा बढाउँछ । 

ताइवानको च्याउको कुरा गर्नुपर्दा त्यहाँ शताब्दियौंदेखि च्याउ खेती भइरहेको छ । सन् १९५० देखि च्याउ खेती उद्योगका रूपमा विकसित भयो । 

Muktinath Bank

च्याउ उत्पादनको शुरुवात जियाबाओ जस्ता पहाडी इलाकाहरूमा भयो । त्यो समुद्री सतहभन्दा ९१५ मिटको उचाइँमा छ । त्यहाँका किसानहरूले पश्चिमी क्षेत्रमा च्याउखेतीको गढ बनाए । 

एउटा रिपोर्टमा बताइएअनुसार, ताइवानले सबभन्दा पहिले क्यान र बोतलमा राखेर च्याउको निर्यात सन् १९६० देखि व्यापारिक रूपमा गर्न थाल्यो । 

सन् १९६३ सम्मा ताइवान च्याउको सबभन्दा ठूलो निर्यातक राष्ट्र थियो । संसारभरि निर्यात हुने च्याउको एक तिहाइ भागमा ताइवानकै नियन्त्रण थियो ।

पछि चीन र दक्षिण कोरियाले पनि च्याउ उत्पादन बढाएर निर्यात गर्न थाले । 

जापानले पनि च्याउ उत्पादनमा कदम जमाउने कोशिश गरिरहेको छ तर ताइवान अझै पनि यसमा बलियो खेलाडी हो । 

बीबीसीबाट
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x