विरगंज लैजादै गरेको ३८ किलो गाँजा गजुरीमा बरामत

मंसिर २८, २०७४

धादिङ,२८ मंसिर– धादिङको इलाका प्रहरी कार्यलय गजुरीले ३८ किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । काठमाडौँबाट विरगंज जाँदै गरेको ना २ ख ७३११ नम्बरको ट्रकमा लुकाएर लैजादै गरेको गाँजा गजुरी प्रहरीले बिहीबार विहान बरामत गरेको हो ।

गाँजासहित ट्रकका चालक पर्सा कल्याणपुरका हृदयनन्दप्रसाद यादव र विरगजंका आकाश सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय धादिङबेशी लैजादै गरेको प्रहरीले जनाएको छ ।

सुराकीको आधारमा चेकजाँच गर्ने क्रममा ट्रकको अगाडि पट्टीको क्याविनमा लुकाई राखेको अवस्थामा सेतो र पहेँलो गरी २२ वटा बोराभित्र गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

मंसिर २८, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस