×

NMB BANK
NIC ASIA

पूर्वपञ्चहरूको अस्तित्व संकटमा, नफुटेको भए राप्रपाले थ्रेसहोल्ड कटाउँथ्यो ?

मंसिर २८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं २८ मंसिर– बहुदल स्थापना भएदेखि नै सरकार गठन बिघठनमा निर्णायक पात्र बन्दै आएका पूर्वपञ्चहरुको पार्टी राप्रपाका घटकहरु यसपटकको चुनावमा नराम्रोसँग पराजित भएका छन् । वामपन्थी गठबन्धनको समर्थनमा झापा ३ बाट विजयी भएका राजेन्द्र लिङदेन बाहेक तीनवटै राप्रपाका उम्मेदवारहरु संसदमा पुग्ने सम्भावना अब लगभग समाप्त भएको छ । 

Muktinath Bank

२०७० सालको संविधानसभा चुनावमा तत्कालिन राप्रपा नेपालले समानुपातिक प्रणालीबाट २४ सिट जितेर संसदको चौथो ठूलो शक्ति बनेको थियो । यस्तै पशुपति शमशेर राणा नेतृत्वको राप्रपाले तीन प्रत्यक्ष सहित १२ सिट जितेको थियो । सत्तासमीकरण फेरबदलमा राप्रपा नेताहरुको भूमिकालाई लिएर कतिपय नेतालाई ‘मुसा प्रबृत्ति’को रुपमा समेत चित्रण गर्ने गरिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हिन्दु धर्मको रक्षाको नारा दिएर २४ सिट जितेको राप्रपा नेपाल (पछि राप्रपा)ले तीनवटा सरकारमा उपप्रधानमन्त्री सहित आकर्षक मन्त्रालय पाएको थियो । यसपटकको चुनावमा भने पूर्वपञ्चहरुको पार्टीले नराम्रो पराजय व्यहोरेका छन् । धर्मका नाममा भोट मागेर सत्ताको बार्गेनिङ गरेको आरोप राप्रपा माथि लाग्दै आएको छ । 


Advertisment
Nabil box
Kumari

राप्रपा अध्यक्ष कमल थापा मकवानपुर १ बाट पराजित भए भने राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणा सिन्धुपाल्चोकमा एमालेका शेरबहादुर तामाङसँग पराजित भए । राप्रपाका महामन्त्रीद्वय विक्रम पाण्डे चितवन ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पराजित भए भने दीपक बोहोरा रुपन्देही ३ मा नेकपा एमालेका घनश्याम भुसालसंग पराजित भए । 

Vianet communication
Laxmi Bank

समानुपातिक तर्फबाट सांसद बन्ने आशमा रहेका एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीको दल समानुपातिक तर्फ ६० जिल्लाको मतगणना सकिदा निकै पछाडि छ । कमल थापाको राप्रपा गाई, राणा नेतृत्वको राप्रपा गोलाकार भित्रको हलो र लोहनी नेतृत्वको राप्रपा आयातअकार भित्रको हलो चिन्ह लिएर चुनावमा होमिएका थिए ।

२०७० सालको संविधनसभा चुनावमा ६ लाख ३० लाख भोट पाएको कमल थापा नेतृत्वको राप्रपाले बिहीवार मध्यान्ह सम्मको मतगणनामा समानुपातिक तर्फ १ लाख ७७ हजार भोट पाएको छ । राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकले ६४ हजार र राप्रपा राष्ट्रवादीले २३ हजार भोट पाएको छ । १७ जिल्लाको मतगणना जारी रहदा तीनवटै पार्टीको जोड्दा २ लाख ६५ हजार हुन आउछ ।

बैकल्पिक राजनीतिक धार स्थापना गर्ने भन्दै गतबर्षको मंसिरमा पार्टी एकीकरण गरेका राप्रपा घटकहरुको एकता धेरै दिन टिकेन । पार्टी एकीकरण गर्दा राप्रपासंग ३७ सांसद थिए । राप्रपाका नेताहरु अहिलेको खराव नतिजा आउनुमा पार्टी विभाजन नै प्रमुख कारण भएको बताउछन् ।

‘तीनवटै घटक खराव स्थितीमा चुनाव लड्दा पनि समानुपातिक तर्फ तीन प्रतिसत भन्दा धेरै भोट आउने देखियो, मिलेर गएको भए नतिजा भिन्दै हुने थियो’ राप्रपाका सहायक प्रवक्ता मोहन श्रेष्ठले लोकान्तरसंग भने, ‘यो खराव स्थितीको दोष पशुपति शमशेर राणालाई जान्छ, जसले राष्ट्रवादी धार बोकेको राप्रपा विभाजन गराए ।’

चुनावमा खराव नतिजा आएपनि राप्रपाले लिएको ‘राष्ट्रवादी धार’को औचित्य बाँकी रहेकोले भविष्यमा राप्रपाका घटकहरु एकजुट हुने नेता श्रेष्ठको विश्वास छ । ‘खराव परिस्थितीको समीक्षागर्दै पार्टी एकीकरण लगायतका नयाँ रणनीति बनाउँछौ’ श्रेष्ठ भन्छन । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x