×

NMB BANK
NIC ASIA

समानुपातिकमा एमाले र कांग्रेसको मत प्रतिशत घट्यो, विवेकशीलले ४ सीट पाउला ?

मंसिर २८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २८ मंसिर– प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ सबै ठाउँको नतिजा सार्वजनिक भइसकेको अवस्थामा अहिले समानुपातिकतर्फको मतगणना भइरहेको छ । आयोगले अहिलेसम्म ६० जिल्लाको समानुपातिकतर्फको मतगणना भइसकेको जनाएको छ । 

Muktinath Bank

समानुपातिकतर्फ पनि नेकपा एमालेले अग्रता हासिल गरिरहेको छ । र निकट रहेर नेपाली कांग्रेसले पछ्याइरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दिउँसो २ बजेसम्मको अपेडटअनुसार नेकपा एमालेले २७ लाख २३ हजार ४ सय ९० मत प्राप्त गरेको छ । उक्त मत हालसम्म गणना भएको कूल मतको ३४ प्रतिशत हो । यसअघि बिहीवार विहानसम्म एमालेको मत प्रतिशत ३४.८ प्रतिशत थियो । 


Advertisment
Nabil box
Kumari

यस्तै नेपाली कांग्रेसले २६ लाख ३५ हजार ४ सय ७५ मत प्राप्त गरेको छ । उक्त मत हालसम्म गणनाभएको कूल मतको ३२.९ प्रतिशत हो । यसअघि बिहीवार विहानसम्म कांग्रेसको मत प्रतिशत ३३.३ प्रतिशत थियो । 

Vianet communication
Laxmi Bank

नेकपा माओवादी केन्द्रको मत प्रतिशत भने यथावत रहेको । माओवादीले अहिलेसम्म १० लाख ९१ हजार ८ सय १५ मत प्राप्त गरेको छ । उक्त मत हालसम्म गणनाभएको कूल मतको १३.६ प्रतिशत हो । यसअघि बिहीवार विहानसम्म माओवादीको मत प्रतिशत १३.६ नै थियो । 

प्रमुख तीन दलका अलवा मेधेस केन्द्रित दुई दल संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले पनि ३ प्रतिशतको थ्रेसहोल्ड कटाइसकेका छन् । 

संघीय फोरमले अहिलेसम्म ३ लाख ८५ हजार ७ सय ६१ अर्थात् अहिलेसम्म गणना भएको कूल मतको ४.८ प्रतिशत मत पाएको छ । यस्तै राष्ट्रिय जनता पार्टीले ३ लाख २३ हजार ८ सय ९१ अर्थात् अहिलेसम्म गणना भएको कूल मतको ४ प्रतिशत मत प्राप्त गरेको छ । 

प्रत्यक्षमा एउटा पनि सीट नजितेर राष्ट्रिय दलको मान्यता पाउने संभावना गुमाइसकेको विवेकशील साझा समानुपातिकतर्फ भने ३ प्रतिशतको थ्रेसहोल्ड कटाउन संघर्षरत छ । 

यसअघिसम्म राष्ट्रिय प्रजातन्त्र पार्टीभन्दा पनि पछाडि रहेको विवेकशील साझाले समानुपातिकतर्फ उसलाई उछिनेको छ । समानुपातिक मतगणनाको छैटौं स्थानमा रहेको विवेकशील साझाले अहिलेसम्म कूल गणना भएको मतको २.२ प्रतिशत अर्थात् १ लाख ७९ हजार ९ सय ५३ मत प्राप्त गरेको छ । विवेकशीलले ३ प्रतिशतको थ्रेसहोल्ड कटाए मात्र समानुपातिकतर्फ उक्त पार्टीले ४ सीट पाउने छ । 

विवेकशीलभन्दा पछाडि रहेको कमल थापा नेतृत्वको राप्रपाले अहिलेसम्म गणना भएको कूल मतको २.२ प्रतिशत अर्थात् १ लाख ७८ हजार ९ सय ८ मत प्राप्त गरेको छ । राप्रपाले समानुपातिकतर्फ ३ प्रतिशतको थ्रेसहोल्ड कटाए राष्ट्रिय दलको मान्यता पाउने छ । राप्रपाले यसअघि झापा–३ मा प्रत्यक्षतर्फ एक सीट जितिसकेको छ । 

हेर्नुहोस् कुन दलले कति प्रतिशत मत पाए, 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x