×

NMB BANK
NIC ASIA

काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल शुरु

मंसिर २८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २८ मंसिर — पर्वतीय क्षेत्रको विषय समेटेका चलचित्र तथा वृत्तचित्रहरूको वार्षिक समारोहको कुमारी हलमा बिहीवार उद्घाटन गरिएको छ । 

काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) का जुरी सदस्यहरू जोआना क्रस्टन, केसाङ छेतेन र रीना मोहनले संयुक्त रूपमा तिब्बती ढ्याङ्ग्रो बजाएर १५औं किम्फ समारोहको उद्घाटन गरे ।

यसअघि किम्फ आयोजक समितिका अध्यक्ष वसन्त थापाले देशमा विभिन्न राजनीतिक परिवर्तन भएर उथलपुथल आएको भएपनि किम्फ निरन्तर सञ्चालन गर्न पाइएको भन्दै सन्तोष व्यक्त गरे । किम्फमा देखाइने फिल्महरूको गुणस्तर बढ्दै गएको उनको दाबी छ । 

समारोह निर्देशक रम्यता लिम्बूले किम्फमा भाग लिने सबै फिल्ममेकर तथा दर्शकलाई धन्यवाद दिँदै सबैको सक्रिय सहभागिताका लागि आग्रह गरिन् । 

Sagarmatha Cement
Muktinath Bank

समारोहको ओपनिंगमा  'द लास्ट हनी हन्टर' नामक वृत्तचित्र देखाइएको थियो । पूर्वी नेपालका अक्करे भीरमा मह काढ्ने गाउँलेको कथा यसमा समेटिएको छ । 

बिहीवारदेखि शुरु भएको किम्फ पुस ३ गते अर्थात् सोमवारसम्म चल्नेछ । उक्त अवधिमा ७६ वटा फिल्म देखाइनेछन् । सबै फिल्म कुमारी हलमा देखाइनेछन् ।

चलचित्र प्रदर्शनका अलावा फिल्मसम्बन्धी छलफलहरू पनि चलाइने आयोजकहरूले बताएका छन् । 

किम्फमा देखाइने फिल्महरूका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धा, नेपाल पानोरामा र बेस्ट इसिमोड माउन्टेन फिल्म अवार्ड तीन वर्गमा पुरस्कारको पनि व्यवस्था गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

मंसिर १२, २०८०

यस वर्ष अहिलेसम्म प्रदर्शनमा आएका ३३ नेपाली चलचित्रमध्ये ६ वटा मात्र सफल भएका छन् । २ दर्जन बढी चलचित्रको लगानी भने बालुवामा पानी सरह देखिएको छ । सफल हुनेमध्ये वैशाख १ गतेबाट प्रदर्शनमा आएको ‘जारी&rsqu...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x