वायुसेवा निगमको लेखा प्रणाली व्यस्थित गर्न निर्देशन

मंसिर २८, २०७४

काठमाडौं, २८ मंसिर- लेखा परीक्षणको नियामक निकाय महालेखा परीक्षकको कार्यलयले वित्तीय अनुशासन कायम राख्न र नेपाल वायुसेवा निगमलाई निर्देशन दिएको छ । महालेखा परीक्षक टंकमणि शर्मा दंगालर निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसकारबीच बिहिबार भएको छलफलमा निगमको आन्तरिक नियन्त्रण प्रणाली सुधार गरी अनुशासन कायम गर्नेबारे छलफल भएको हो । 


 छलफलपछि महालेखा परीक्षक शर्माले हवाईजहाज खरिद र लिलामी व्यवस्थापनको कार्य समयमै सम्पन्न गर्न, निगममा हुने अनावश्यक खर्च कटौति गरी, स्रोतको दीगो र प्रभावकारी उपयोग मार्फत आर्थिक अवस्था सबल बनाउने, विश्वसनीय, प्रभावकारी, गुणस्तीय बनाउन निगमलाई निर्देशन दिएका हुन् ।


निगमको प्रबन्ध निर्देशक कंसकारले निगमले पुराना हवाइजहाजको व्यवस्थापनमा काम गरिरहेको बताएका थिए ।
 

मंसिर २८, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस