पूर्व राष्ट्रिय क्रिकेटर पृथुसहित आठ जना पक्राउ

काठमाडौं, २८ मंसिर– चर्चित डीजे मार्समेलोलाई ल्याउने भन्दै टिकट बिक्र गरेको भन्दै पूर्व राष्ट्रिय क्रिकेटर पृथु वास्कोटासहित आठ जना पक्राउ परेका छन् ।
उनीहरुलाई प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा क्लबका सञ्चालक जयन श्रेष्ठ, मयंक खड्का, विशाल डाँगी, मिलन श्रेष्ठ, आकाश न्यौपाने, रितेश माडवाडी लगायत छन् ।
डेभाजु क्लबले मार्समेलोलाई क्लबमा ल्याउने भन्दै टिकट बेचेको भएपनि मार्समेलो क्लबमा उपस्थित नभएपछि तोडफोड भएको थियो ।
डिजे मार्ममेलोलाई ल्याउने भन्दै उनीहरुले ७ हजार जनालाई टिकट विक्रि गरेका थिए । २५ सय र ३५ सयका दरले टिकट विक्री गरिएको पाइएको महानगरीय अपराध महाशाखाका प्रमुख दिवश लोहनीले जानकारी दिए ।
मार्समेलो अन्तर्राष्ट्रिय डीजे हुन् ।
आफ्नो अनुहार लुकाउने भएका कारण उनी को हुन् भन्ने वास्तविकता थाहा पाउन सकिएको छैन । तर केही अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले भने उनी अमेरिकी डिजे क्रिस्टियन कम्स्टक भएको दाबी गरेका छन् । केहीले भने मार्समेलो नेदरल्याण्डका डिजे मार्टिन गारिक्स वा सम भोगेल हुनुक्ने अनुमान गरेको छ ।
मंसिर २८, २०७४ मा प्रकाशितथप समाचार
- सन्ध्या जोशी : कलेज टप गरिन् तर ‘नेपाल आइडल’ मा चुकिन्
- क्रिस्चियन बनेको आरोपमा मलाई पेस्तोल ताकियो : अञ्जु पन्त
- 'जुडवा २' फिल्म समीक्षा : कमजोर कथा, छाडा जोकहरूको संग्रह
- अनुष्काको फिल्म ‘फिल्लौरी’ कोे गीत तपाईं नसुनी बस्न सक्नुहुन्न [भिडियोसहित]
- यमबुद्ध सामान्य कारणले मर्ने मान्छे होइन : लाउरे
- सेनाका कर्णेलले नगाएको त्यो गीत, जसले गैरे सुरेशलाई चिनायो
ताजा समाचार
अन्तर्वार्ता
दुई अध्यक्ष हुने भए आलोपालो प्रधानमन्त्री बन्न किन नहुने ? : पम्फा भुसाल [भिडियो अन्तर्वार्ता] पूरा पढ्नुहोस
रारा आउने पर्यटकलाई अर्ग्यानिक खाना, जनताको घरमा बास : मन्त्री ज्वाला [अन्तर्वार्ता] पूरा पढ्नुहोस
ओलीजीलाई भरोसा गरेका हौं, उहाँले पनि व्यवहारमा देखाउनुपर्यो नि ! : राजेन्द्र महतो [अन्तर्वार्ता] पूरा पढ्नुहोस
प्रतिक्रिया दिनुहोस