इम्वोस्ड नम्वर प्लेट जडान प्रक्रिया सुरु, प्रदेश नम्बर ३ मा दर्ता भएका सबै गाडीले असारभित्र जडान गर्नुपर्ने

काठमाडौं, २८ मंसिर- प्रदेश नम्बर ३ बाग्मतीमा दर्ता भएका सबै गाडीले आगामी असारभित्र रुपमा अनिवार्य इम्वोस्ड नम्वर प्लेट जडान गर्नुपर्ने भएको छ । तीनपाङग्रे(ट्याम्पो) तथा चार पाङग्रे सवारीसाधन दुवैका लागि अनिवार्य गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागका अनुसार तीन नम्वर प्रदेशमा दर्ता भएका १२ लट सम्मका निजी गाडी र सरकारी तथा संस्थानका गाडीले चैतभित्र नम्वर प्लेट जडान गरिसक्नुपर्ने छ । त्यस्तै बाँकी सवारीसाधनले असार मसान्तभित्र इम्वोस्ड नम्वरप्लेट जडान गर्न समयसीमा दिएको उनले बताए।
१३ लटभन्दामाथिका सवारीसाधनले आगामी ०७५ असारमसान्तसम्म समयसिमा तोकिएको छ । समयसीमा भन्दा अघि जोड्न पनि पाइनेछ। बाइकका लागि भने असारपछि आवेदन खुल्ने छ । पहिलो चरणमा प्रदेश नम्बर ३ बाट सुरु गरेर आगामी पाँच बर्षमा देशैभरि इम्वोस्ड नम्बर प्लेट कार्यान्वयनमा ल्याउने विभागले तयारीं थालेको हो । विभागका प्रवक्ता डा. टोकराज पाण्डेका अनुसार तीन पाङग्रे सवारीसाधनले २ हजार ९ सय तथा चारपाङग्रे सवारीसाधनले ३ हजार २ सय रुपैयाँ मूल्य तोकिएको छ ।
विभागका अनुसार पहिलो चरणमा तीन पाङग्रे र चार पाङग्रे सवारीसाधनले मात्र इम्वोस्ड नम्वर प्लेट जडान गर्न सक्नेछन् । आवेदन दिनु अघि गाडीका सबै कर क्लियर गर्नुपर्छ । तोकिएको शुल्क बुझाएर रसिद लिनुपर्छ । शुल्क बुझाएको रसिदसहित आफ्नो गाडीको विवरण यातायात व्वयस्था विभागको वेबसाईटमा गएर अनलाइन फाराम भर्न सकिन्छ । आवेदन भरेको १० दिनमा इम्वोस्ड नम्वर प्लेट तयार हुने विभागले जनाएको छ ।
थप समाचार
- बिच्छीको विषको मूल्य एक अर्ब रुपैयाँ, यस काममा हुन्छ उपयोग !
- राणाकालीन दरबार बन्यो सुविधासम्पन्न होटल
- स्थानीय सरकारको साहसिक निर्णय : जग्गा प्लटिङमा रोक !
- आर्थिक वर्ष २०७४/७५ को बजेटको पूर्णपाठ
- नेपालमै महिनाको साढे १० लाख कमाउन कर्ण शाक्यको टिप्स
- यस्तो देखियो माथिल्लो तामाकोशी जलविद्युत आयोजना (तस्वीरहरु)
ताजा समाचार
- नेविसंघलाई दिए सभापति देउवाले यस्तो निर्देशन
- तीन दिनभित्र कर्मचारीको विवरण पठाउन सबै स्थानीय तह निर्देशन
- २०० महिला बेचेको आरोप लागेका वडा अध्यक्ष सुनबहादुर तामाङलाई रिहा गर्न आदेश
- परिचालित होइन स्वचालित हुन गृहमन्त्री बादलको निर्देशन
- तीनधारामा लुकेर बसेका थिए मनाङे, श्रीमतीको मोबाइल नम्बरले प्रहरीलाई सजिलो
अन्तर्वार्ता
रारा आउने पर्यटकलाई अर्ग्यानिक खाना, जनताको घरमा बास : मन्त्री ज्वाला [अन्तर्वार्ता] पूरा पढ्नुहोस
ओलीजीलाई भरोसा गरेका हौं, उहाँले पनि व्यवहारमा देखाउनुपर्यो नि ! : राजेन्द्र महतो [अन्तर्वार्ता] पूरा पढ्नुहोस
जनकपुर आएका भारतीय प्रधानमन्त्रीका भाइ भन्छन्- 'नेपाल-भारत अलग हुनै सक्दैनन्' [अन्तर्वार्ता] पूरा पढ्नुहोस
प्रतिक्रिया दिनुहोस