×

NMB BANK
NIC ASIA

जितेकाहरु चुनाव सकिएपछि पनि घरदैलो गर्दै, हारेकाहरु के गर्दै छन् ?

मंसिर २८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ २८ मंसिर– प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि खुसियाली साटासाट गर्न केही जनप्रतिनिधिले जनताको घरदैलोमा पुगेका छन् । 

काठमाडौँ–७ बाट प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा निर्वाचित जनप्रतिनिधिले खुसियाली साटासाट गर्न जनताको घरदैलोमा पुगेका हुन् । 

सो क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामवीर मानन्धर र प्रदेशसभा सदस्य (क) वसन्त मानन्धर तथा प्रदेशसभा सदस्य (ख) प्रकाश श्रेष्ठलाई अहिले दिनहुँजसो भइरहने स्वागत, चियापान तथा राजनीतिक कार्यक्रममा सहभागी हुन भ्याइनभ्याइ भइरहेको छ । 

काठमाडौँ महानगरपालिका १६, १७, १८ र २५ वडा, तारकेश्वर नगरपालिकाका ३, ४ र ५ वडा तथा नागार्जुन नगरपालिकाका १, २ र ३ वडा रहेको उक्त निर्वाचन क्षेत्रका केही ग्रामीण भेगमा करिब चार हजार भूकम्प प्रभावित बसोबास गर्ने गरेका छन् । महानगरपालिका भित्र नेवार समुदायको बढी घनत्व छ । 

घरदैलो कार्यक्रमअन्तर्गत कामनपा– १८ नरदेवीस्थित ताम्सीपाखा युवा क्लबले आज आयोजना गरेको अन्तक्र्रियामा निर्वाचित प्रतिनिधिसभा सदस्य मानन्धरले निर्वाचनमा जनतालाई दिएको आश्वासन तथा निर्वाचन पूर्व गरिएका प्रतिबद्धता पूरा गर्ने बताउँदै आर्थिक विकास तथा रोजगारी सिर्जनाका लागि उद्यमशीलताको विभिन्न परियोजना सञ्चालन गरिने प्रतिवद्धता व्यक्त गरे । 

निर्वाचनपछि प्राप्त भएको जनादेशबाट जनतामा नयाँ उत्साह थपिएको छ । स्थानीय तह, प्रादेशिक, केन्द्रीय तहका जनप्रतिनिधिले अहिले खानेपानी, ढल व्यवस्थापनजस्ता स्थानीय पूर्वाधार विकासका विषयलाई प्राथमिकतामा राख्न आपसी छलफल तथा अन्तक्र्रियासमेत सञ्चालन गर्न थालेका छन् । 

सोही स्थानमा विभिन्न महिला समूहले नवनिर्वाचित प्रदेशसभा सदस्य मानन्धरलाई कसरी प्रदेशको नामाकरण गर्ने भनेर प्रश्न गर्दा प्रदेशसभाको बैठकले त्यस क्षेत्रको ऐतिहासिकता, स्थानीय संस्कृतिको पहिचान हुने गरी नामाकरण गर्न भूमिका निर्वाह गर्ने विश्वास दिलाए । 

निर्वाचित भएपछि फर्केर जनता कहाँ नआउने विगतको परिपाटीलाई तोड्दै अहिले उनीहरु स्थानीय समस्या बुझ्न र धन्यवाद दिन आममतदाताको घरदैलोमा आएका हुन् भने विभिन्न स्थानमा आयोजित राजनीतिक भेला र कार्यक्रममा समेत सहभागी हुन थालेका छन् । 

प्रदेश (ख) का सदस्य श्रेष्ठले हरियाली पार्क, खेल मैदान निर्माण, स्थानीय नागिनी खोलादेखि लोलांग पिपलबोटसम्म ढलान, आठ माइल डाँडागाउँलाई पर्यटकीयस्थल बनाउने प्रतिबद्धता व्यक्त गरे। 

कामनपा– १८ का वडा अध्यक्ष न्हच्छेकाजी महर्जनले प्राचीन समयमा स्थापना गरिएको नरदेवी मन्दिरको विशेष महत्व रहेको तथा त्यहाँका विभिन्न बहाल बही जीर्ण बन्दै गएकाले त्यसको संरक्षण कार्यका लागि प्राथमिकतामा राखिएको जानकारी गराए । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x