सरकार गठनमा कांग्रेस र वाम गठबन्धनबीच  विवाद

काठमाडौं, २९ मङ्सिर- प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक नहुँदै कांग्रेस र वाम गठबन्धनबीच सरकार गठनमा विवाद देखिएको छ । राष्ट्रपति कार्यालयमा अड्किएर बसेको राष्ट्रिय सभा निर्वाचन अध्यादेश जारी हुन ढिलाइ भएपछि दलहरू यो ढिलाइलाई सरकार गठनसँग जोडेर विवादमा उत्रिएका हुन् ।

प्रधानमन्त्री चयनमा प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै चाहिने÷नचाहिने र दुवै सदनमा महिलाको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने/नपर्ने विषयको विवादमा दलहरू फसेका छन् ।

दलहरू विवादित देखिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले भने तत्काल अध्यादेश प्रमाणीकरण नगर्ने संकेत गरेकी छन् । उनले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलमा अध्यादेश सबैको सहमतिमा मात्र जारी गर्ने बताउँदै सहमति जुटाएर ल्याउन सुझाव दिएको खबर राजधानी दैनिकमा छ । 

मंसिर २९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार