रवीन्द्र मिश्रको पार्टीभन्दा कमल थापाको पार्टी कमजोर !

मंसिर २९, २०७४

  काठमाडौं, २९ मंसिर—गत मंसिर १० र २१ गते सम्पन्न भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकको मतगणना जारी रहँदा 'पूर्वपञ्च र मण्डले’ हरुको पार्टी  भनिने राप्रपा कमजोर देखिएको छ ।  कमल थापा नेतृत्वको उक्त पार्टीले हालसम्म मात्र १८८२९९ मत ल्याएको छ ।  जवकी दोस्रो संविधान सभा निर्वाचनबाट यो पार्टी थौथो शक्तिको रुपमा उदाएको थियो । 

थापाको पार्टीले भन्दा रवीन्द्र मिश्र नेतृत्वको नयाँ दल विवेकशील साझाले धेरै मत ल्याएको छ |  हालसम्म विवेकशील साझाले १९७३५७ मत ल्याएको छ । यी दुबै पार्टीले थ्रेस होल्ड कटाउन नसकेको भएपनि मिश्रको  पार्टी थापाको पार्टीभन्दा बलियो अवस्थामा देखिएको हो । 
यसो त आशा गरिएको  नयाँ शक्तिले पनि मात्र ७५६३९  मत ल्याएको छ ।  


ADVERTISEMENT

 शुक्रबार बिहान ९ बजेसम्म समानुपातिकको ८७ लाख १७ हजार ८१४मत   गनिसकिएको छ ।  अब मात्रै १८ लाख ६९ हजार ७०७ मत मात्रै गन्न बाँकी रहेको छ ।  निर्वाचनमा कूल १ करोड ५ लाख ८७ हजार ५ सय २१ मत खसेको थियो । 
मतगणना अनुसार नेकपा एमालेको अग्रता कायमै रहेको छ । एमालेले २९५२९१० मत ल्याएको छ भने पछिपछि रहेको कांग्रेसले २८७३००२ मत ल्याएको छ । 

यस्तै तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ११८५३४९ मत ल्याउँदा संघीय समाजवादी फोरमले ४१७९१५ मत ल्याएको छ । यसैगरी राजपाले ३८१७९५ मत ल्याएको छ ।  यी ५ दलले मात्रै हालसम्म ३ प्रतिशत थ्रेसहोल्ड कटाएका छन् ।  

प्रत्यक्षतर्फ कम्तीमा १ सिट र समानुपातिकमा ३ प्रतिशत मत कटाउनु पनर््े कारण यी ५ दल नै राष्ट्रिय दल बन्ने निश्चित देखिएको छ । 
 

मंसिर २९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस