×

NMB BANK
NIC ASIA

नेपाल चीनतिर ढल्किन लागेको भन्दै दक्षिणी विश्लेषकहरूको रोइलो

मंसिर २९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २९ मंसिर — वाम गठबन्धनले संसदीय तथा प्रादेशिक चुनावमा बहुमत ल्याएपछि भारतीय सञ्चारमाध्यममा विश्लेषकहरूले एक स्वरमा अब नेपाल चीनको पोल्टामा गयो भन्ने आशयका विश्लेषण प्रकाशित गरिरहेका छन् । 

यसै क्रममा दक्षिण एसियाको अर्को छिमेकी मुलुक श्रीलंकामा सबभन्दा धेरै बिक्री हुने अंग्रेजी दैनिक डेली मिररमा पीके बालचन्द्रनको विश्लेषण प्रकाशित भएको छ । त्यसमा लेखिएअनुसार ः

नेपालको वामपन्थी सरकार स्वतः चीनसमर्थक हुने अपेक्षा गरिन्छ यद्यपि उसको आधिकारिक अडान भारत र चीनसँग समदूरी राख्ने अनि स्वतन्त्र राजनीतिक तथा आर्थिक नीति अपनाउने नै हुन्छ । 

नेकपा एमाले र नेकपा माओवादी केन्द्र चीनसमर्थक भएकाले अबको सरकारले चीनतर्फ ढल्किने नीति राख्नु अवश्यम्भावी छ । 

नेपाली राजनीतिलाई नियन्त्रण गर्ने भारतको नीतिका कारण नयाँ दिल्लीलाई नेपालमा पक्षपाती शक्तिका रूपमा हेरिन्छ । यसले गर्दा निष्पक्ष देखिने चीनका लागि ढोका खुलेको छ र चीन चाहिँ भारतलाई जसरी पनि घेर्न चाहन्छ । 

मधेशीहरूले सीमामा अवरोध गरेर वस्तु आयातमा लगाएको नाकाबन्दीलाई भारतले समर्थन गरेर दुई देशबीचको सम्बन्ध बिगारेपछि चीनले नेपाललाई आर्थिक सहायता बढायो । सन् २०१६ मा बेइजिङले नेपाललाई ३.८ अर्ब डलरको सहायता दिने प्रतिबद्धता जाहेर ग–यो जबकि भारतले ३१७ मिलियन डलर दिने प्रतिबद्धता जनायो । 

काठमाडौंलाई तिब्बतको ल्हासासँग जोड्ने रेलमार्गको सम्भाव्यता अध्ययन चीनले गराइरहेको छ । हिमालयपारिको बाटोका लागि आठ अर्ब डलर खर्च लाग्ने अनुमान छ । 

भारतका लागि एउटै मात्र सन्तोषको विषय भनेको दोक्लम विवादका बेलामा नेपालले तटस्थता अपनाउनु नै हो । 

तर चीन नेपालमा थप सक्रिय हुन चाहन्छ । उसले नेपाललाई एक पेटी एक सडक परियोजनाको हिस्सा हुन फकाएको छ । उक्त परियोजनालाई भारतले पूर्ण विरोध गर्छ ।

द डिप्लोम्याटमा नारायणी वासुले भनेजस्तै, भारतले चीनजस्तै गरी विशाल आर्थिक सहायता नेपाललाई उपलब्ध गराउन सक्दैन तर उसले नेपालमा आर्थिक परियोजनाहरू पूरा गरेर अनि नेपालविरुद्ध कम पक्षपात देखाएर आफ्नो छवि सुधार्न सक्छ । 

तर नेपालमा कुनै पनि सरकारले भारतलाई पूरै बेवास्ता गरेर चीनपट्टि ढल्किन सक्दैन । विदेशसम्म पुग्नका लागि भारत भएरै जानुपर्ने भौगोलिक अवस्थामा नेपाल छ ।

आर्थिक रूपमा भारत व्यापार र रोजगारी दुवै क्षेत्रमा भारतसँग पूरै जोडिएको छ । अनि त्यससँगै मधेशी समुदायले जहिलेपनि भारतबाट समर्थन खोज्छ । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x