×

NMB BANK
NIC ASIA

फेरिपनि राष्ट्रपति बन्ने पुटिनको चाहाना, ७५ प्रतिशत रसियाली पुटिनको पक्षमा

मंसिर २९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

मस्को, रसिया, २९ मंसिर -रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा मस्कोको हस्तक्षेप रहेको भनी आएका समाचार खण्डन गर्ने बिषयमा ‘महत्वपूर्ण सफलता’ पाएको बताउनुभएको छ । 

विहीबार बृहत् बार्षिक प्रेस सम्मेलनमा बोल्दै रसियाली नेता पुटिनले भन्नुभयो, “अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो कार्यकाल सम्हालेको छोटो समयमा नै विल्कुल सफलता पाउनुभएको छ ।” 

पुटिनले अमेरिकी राष्ट्रपतिको कामको मुल्याङकन गर्न सोधिएको प्रश्नमा भन्नुभयो, “हेर्नुस अमेरिकी बजार कसरी प्रतिक्रिया जनाइरहेका छन्, तिनीहरू दिन प्रतिदिन सम्वृद्धितर्फ अघि बढेका छन् । यसले अमेरिकी अर्थतन्त्र विकासमा भरोसा थपिएको देखाएको छ । यी बस्तुगत तथ्य हुन् ।” 

गत बर्षको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ट्रम्पको पक्षमा नतिजा ल्याउन मस्कोको हस्तक्षेप रहेको भन्ने आरोपको खण्डन गर्दै रसियाली नेता पुटिनले भन्नुभयो, “यो सबै अमेरिकी प्रतिपक्षले ह्वाइट हाउसमा ट्रम्पका कामलाई बदनाम गर्न रचिएका बनावटी आरोपमात्र हुन् ।” 

पुटिनले ट्रम्पको समूह र रसियाली प्रतिनिधिबीचको भेटलाई सामान्य कुटनीतिक अभ्यास भन्दै प्रतिप्रश्न गर्नभयो, “यो मुद्दा किन नियम विपरित बनाइएको छ अथवा किन यसलाई जासूसीकरण गरिएको म त बुझ्नै सक्दिन ।” 

मस्को रेडियो स्टेसनले किन उहाँले पुनः निर्वाचित हुन चाहनुभएको भन्ने प्रश्नबाट शुरु भएको सम्मेलनमा उहाँले रसियाली जनताको जीवनको स्तरन्नोतिका लागि आफूले यसपटक पनि निर्वाचनमा जान चाहेको बताउनुभयो । 

उक्त अवसरमा पुटिनले राष्ट्रपतिमा आफ्नो उम्मेदवारी यस अघि उहाँ निर्वाचित बनेको यूनाइटेड रसिया पार्टीका तर्फबाट नदिने तर स्वतन्त्र उम्मेदवारका रूपमा रहने बताउनुभयो । 

निर्वाचनमा प्रतिपक्षीको अवस्था कहाँ हुनेछ भनी गरेकोे प्रश्नमा पुटिनको प्रतिस्पर्धी नदेखिएको तर विजयको पक्कापक्की रहेको बताइएको थियो । 

पुटिनले भन्नुभयो, “म आँफैले प्रतिपक्ष खडा गर्ने कुरा होइन । तर राजनीतिमा अर्थतन्त्रमा जस्तै प्रतिस्पर्धा हुनुपर्छ । म यो चाहन्छु ।” 

बुधबार एक स्वतन्त्र निर्वाचन सर्भेक्षक लेभाडाले सार्वजनिक गरेको सर्वेक्षण प्रतिवेदनमा ७५ प्रतिशत रसियालीले आगामी मार्चमा हुने निर्वाचनमा पुटिनलाई मतदान गर्ने देखिएको बताइएको छ । 

पुटिन सन् १९९९ देखि सत्तामा रहँदै आउनुभएको छ । यदि यो कार्यकालमा पनि उहाँ निर्वाचित भएमा रसियाली इतिहासमा जोसेफ स्टालिनपछिका सवैभन्दा लामोसमय सत्ता सम्हाल्ने नेता हुनुहुनेछ । रासस

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x