×

NMB BANK
NIC ASIA

विवेकशील र नयाँ शक्तिले पाएको मत, नेपालमा बैकल्पिक राजनीतिको भविष्य के होला ?

मंसिर २९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं २९ मंसिर– पूराना संसदवादी दलहरुले मुलुकको समस्या समाधान गर्न नसक्ने भन्दै नेपालको बैकल्पिक राजनीतिक धारको वकालत गरेका नयाँ शक्ति पार्टी नेपाल र विवेकशील साझा पार्टीले यसपटकको निर्वाचनमा धक्का खाएका छन् । 

Muktinath Bank

यसपटकको निर्वाचनवाट राष्ट्रिय दल बन्ने र अर्को पटक मुलुकको नेतृत्व गर्ने दुवै दलको महत्वकांक्षा थियो । स्थानीय तहको चुनावमा काठमाडौंमा विवेकशील र साझा पार्टीले पाएको मतका आधारमा यसपटक विवेकशील साझा राष्ट्रिय पार्टी बन्ने धेरैको आकलन थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बैकल्पिक राजनीतिको वकालत गर्ने दलले कमजोर प्रदर्शन गरेका छन् । नयाँ शक्ति पार्टीले प्रत्यक्षतर्फ प्रतिनिधिसभामा एक र प्रदेश सभामा दुइ सीट जितेको छ । प्रदेश नम्बर ४ बाट उसले समानुपातिकमा १ सीट पाउने सम्भावना छ । 
विवेकशील साझाले प्रत्यक्षतर्फ एउटा पनि सीट जित्न सकेन । प्रतिनिधिसभामा काठमाडौं १ मा निकटतम प्रतिद्वन्द्वीसम्म बनेको छ । प्रदेश नम्बर ३ मा समानुपातिकबाट विवकेशीलले समानुपातिक तर्फ सांसद पाउने सम्भावना छ । तर चुनावको नजिता उनीहरुले अपेक्षा गरेजस्तो आएन । 


Advertisment
Nabil box
Kumari

बैकल्पिक राजनीतिक धारको वकालत गर्ने दलहरुले ‘काम नलाग्ने’ भन्ने गरेका पूराना र ठूला दललाई नै यसपटक पनि मतदाताले अनुमोदन गरिदिएका छन् । कुनै दलको सदस्यता नलिएका र कतै नखुलेका मतदाताले आफूहरुलाई मत हाल्ने विवेकशीलको अपेक्षा थियो । शहरी युवालाई केही हदसम्म आकर्षण गर्न सकेपनि साझाले अपेक्षाकृत मत पाएन । 

Vianet communication
Laxmi Bank

सामाजिक सञ्जालहरुमा चर्चा बटुले पनि विदेशमा रहेका विवेकशीलका समर्थकहरु भोट हाल्न आइदिएनन् । त्यसैले चुनाव अघि सामाजिक सञ्जालमा देखिएको प्रचार अनुसार विवेकशीलले भोट पाएन । 

विवेकशील साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्य यसपटकको चुनावबाट आफूहरुको पार्टी राष्ट्रिय दल बन्न नसकेपनि बैकल्पिक राजनीधिक धारको विकल्प भएको दावी गर्छन् । ‘मुलुकमा बैकल्पिक राजनीतिक धारको औचित्य बाँकी छ भन्ने हामीहरुले पाएको भोटले स्पष्ट गरेको छ,’ आचार्यले लोकान्तरसंग भने, ‘पूर्वप्रधानमन्त्रीले नेतृत्व गरेको नयाँ शक्ति र यसअघि संसदका चौथो शक्ति रहेको राप्रपाले भन्दा धेरै भोट ल्याउनु त्यसैको संकेत हो ।’

आचार्यले जनताको मत जित्न सकेपनि ‘चुनावी इन्जिनियरिङ’मा आफूहरु सफल नभएको टिप्पणी गरे । ‘चुनावका बेला कयौं अपारदर्शी चलखेल भए, पारदर्शीताको वकलात गर्ने भएकोले हामीहरु त्यस्ता अपारदर्शी कृयाकलापमा लागेनौ,’ आचार्यले भने । उनका अनुसार काठमाडौं क्षेत्र नम्बर २ मा नयाँ शक्तिका उम्मेदवार नेकपा एमालेमा प्रवेश गरेपछि समर्थकहरुले औपचारिक रुपमा पत्र लेखेमा विवेकशीललाई भोट हाल्ने बताएका थिए । 

‘तर हामीले त्यसो गरेनौ, किनकी पारदर्शीता हाम्रो मूल मर्म हो,’ आचार्यले भने । यसपटक राष्ट्रिय दल बन्न चुकेपनि आगामी निर्वाचनमा विवेकशील साझा पार्टीको हैसियत राम्रो बन्ने उनले दावी गरे । 

नयाँ शक्ति नेपालका प्रचार विभाग प्रमुख प्रशान्त सिंहपनि आफूहरुले नेपालमा राजनीतिक विकल्पको औचित्य झन पुष्टि भएको बताउँछन् ।  

‘हामीले गर्न खोजेको बैकल्पिक राजनीति भन्दापनि रनजनीतिको विकल्प दिन खोजेको हो,’ प्रवक्ता सिंहले लोकान्तरसंग भने, ‘तर हामीले यो कुरा मतदातालाई राम्रोसंग बुझाउन सकेनौ ।’ नेपालको राजनीतिमा कांग्रेस, कम्युनिष्ट, भारत र मधेश जस्ता केही शव्दाबलीले काम गरेपनि आफूहरुले २१ औ शताव्दीमा नयाँ राजनीतिक सिद्धान्त स्थापित गर्न खोजेको उनले बताए । 

अर्को चुनाव सम्ममा जनताको चेतनास्तर बढ्ने र आफूहरुले मतदातालाई बुझाउन सक्ने प्रवक्ता सिंहको विश्वास छ । ‘विवेकशीलले उही पूरानै कुरा गरिरहेको छ, तर तरिका फरक छ, हामी नयाँ कुरा गरिरहेका छौ,’ उनले दावी गरे । यद्यपिछ प्रवक्ता सिंह आफूहरुले भन्दा विवेकशीललाई जनताले पत्याएको स्वीकार्छन् । 

‘हाम्रा तीन जना उम्मेदवारले चुनाव जित्नु भयो, त्यो उम्मेदवारको व्यक्तित्वका कारण हो, तर हामीले स्थापित गर्न खोजेको राजनीतिको विकल्पवारे बुझाउन नसक्नु कमजोरी रह्यो,’ प्रवक्ता सिंह भन्छन् । 

नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराई आफ्नो चुनावी क्षेत्रमा केन्द्रित रहनु परेकोले समानुपातिकतर्फ मत बढाउन नसकिएको नयाँ शक्तिको मूल्याङ्कन छ । यसअघि स्थानीय तहको चुनावमा नयाँ शक्तिले सप्तरी र रसुवामा दुईवटा गाउँपालिकाको प्रमुखमा चुनाव जितेको थियो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x