×

NMB BANK
NIC ASIA

ओली सरकारमा माओवादीको नेतृत्व कसले गर्ला ?

मंसिर २९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं २९ मंसिर– वामपन्थी गठबन्धन बनाएर चुनावमा गएका नेकपा एमाले र माओवादी केन्द्रले नयाँ सरकार गठनको गृहकार्य शुरु गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सरकार गठन लगायत समसामकिय बिषयमा शुक्रवार छलफल भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

प्रतिनिधि सभाको सम्पूर्ण नतिजा आएपछि राष्ट्रपतिले संसद्को सबभन्दा ठूलो दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने संवैधानिक व्यबस्था छ । नयाँ प्रधानमन्त्री नियुक्त गर्न संसदको बैठक बसिराख्नु नपर्ने र राष्ट्रिय सभा गठन हुनु अनिवार्य नरहेको संविधानविद् खिमलाल देवकोटा बताउँछन् । नयाँ सरकार गठनको गृहकार्यसँगै सरकारमा सहभागिताको लागि दलहरुभित्र दौडधुप शुरु भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चुनाव लगत्तै पार्टी एकीकरण गर्ने घोषणा गरेका एमाले र माओवादी केन्द्रले नयाँ सरकार गठनको गृहकार्य थालेका छन् । सरकारको नेतृत्व एमाले अध्यक्ष ओलीले गर्ने र माओवादी सरकारमा सहभागि हुने पक्का जस्तैछ । नयाँ सरकारमा माओवादीका अतिरिक्त मधेस केन्द्रित दललाई समेत सहभागि गराउने गृहकार्य भइरहेको दुई दलका नेताहरु बताउँछन् । 


Advertisment
Nabil box
Kumari

सरकारको नेतृत्वमा भन्दा भावी सरकारमा माओवादीको नेतृत्व कसले गर्ने भन्नेमा माओवादी भित्र आन्तरिक हानथाप देखिएको छ । सरकारमा माओवादीको नेतृत्वका लागि कृष्णबहादुर महरा, वर्षमान पुनदेखि जनार्दन शर्मा र टोपबहादुर रायमाझी सम्मले दाबी गरेका छन् । 

Vianet communication
Laxmi Bank

यसअघि ओली सरकार र देउवा सरकारमा उपप्रधानमन्त्री बनिसकेका महराले फेरिपनि सरकारमा माओवादीको नेतृत्व दाबी गर्ने माओवादी स्रोत बताउँछ । प्रचण्ड सरकारमा उर्जा मन्त्री र देउवा सरकारमा गृहमन्त्री बनेर प्रशंसनीय काम गरेका शर्माले पनि दाबी गरेका छन् । 

पहिलो संविधानसभाको कार्यकालमा बाबुराम भट्टराई नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका वर्षमान पुनले नयाँ सरकारमा नेतृत्वको दावी गरेका माओवादी स्रोतहरु बताउछन् । २०७० सालको चुनावमा पराजित पुन ४ वर्ष सत्ताबाहिर रहेका थिए । 

यसअघि संसदीय दलको उपनेता बनिसकेका टोपबहादुर रायमाझीले पनि सरकारमा नेतृत्वको दावी गरेका छन् । पछिल्ला तीनवटा चुनावमा लगातार विजयी रायमाझीले पनि भावी सरकारमा माओवादीको नेतृत्व दावी गरेका छन् ।

माओवादीका तर्फवाट प्रदेश नम्बर १ बाट पूर्वअर्थमन्त्री महेश आचार्यलाई हराएका अमनलाल मोदी, प्रदेश नम्बर २ बाट मात्रिका यादव, प्रदेश नम्बर ३ बाट अग्नी सापकोटा, प्रदेश नम्बर ४ बाट देव गुरुङ, प्रदेश नम्बर ५ बाट पूर्व कमाण्डर चन्द्रप्रकाश खनाल बलदेव  लगायतले सरकारमा जाने दाबी पेश गरेका स्रोतको दाबी छ ।  

प्रदेश नम्बर ७ बाट लेखराज भट्ट, महिलाबाट फम्फा भुसाल लगायतको चर्चा छ । एमालेले प्रधानमन्त्री पाउँदा प्रतिनिधि सभाको सभामुखमा माओवादीले दावी गर्ने सम्भावना रहेको बताइन्छ । माओवादीमा नारायणकाजी श्रेष्ठ समूहका गिरिराजमणि पोखरेल, मधेशबाट प्रभू साह, शिवकुमार मण्डल, हितबहादुर तामाङ, हरिबोल गजुरेल लगायत पनि सरकारमा सहभागि हुन लविङ गरिरहेका छन् ।

विगतको तुलनामा यसपटक मन्त्रालयको संख्या कम र मन्त्री बन्ने आकाक्षीको संख्या धेरै भएका कारण दलहरुलाई भागवण्डा मिलाउन सकस पर्ने देखिएको छ । 
 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x