×

NMB BANK
NIC ASIA

को हुन् महँगा मार्समेलो ? यीनलाई भेट्न किन मरिहत्ते ?

पुस १, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, १ पुस- दर्शकदीर्घामा प्रस्तुत हुँदा शिरमा हेल्मेट लगाएर उपस्थित हुने डीजे मार्समेलो दुई वर्षयता चर्चामा छन्। टाउकोसम्म छोपिएको हेल्मेट र सेतो पोसाकमा सजिएर स्टेज तताउन उनी माहिर मानिन्छन्। स्टेजमा मार्समेलोको नामबाट चिनिए पनि वास्तविक नाम भने गोप्य नै छ। मार्समेलोको शैलीलाई अमेरिकन डीजे क्रिस्चियन कमस्टकले पछ्याएका छन्। सन् २०१५ देखि उनी संसारभरका दर्शक÷स्रोतामाझ परिचित हुन पुगेका हुन्। भोकल, रिमिक्स ट्र्यापमा उनी पोख्त मानिन्छन्।

Muktinath Bank

विश्वका धनी व्यक्तिहरूको नाम सार्वजनिक गर्ने फोब्र्स पत्रिकाका अनुसार, उनी विश्वका सर्वाधिक महँगा डीजेमा पर्छन्। उनले यस वर्ष झन्डै २१ मिलियन डलर कमाएको फोब्र्सले जनाएको छ। मार्समेलोको नाम भजाएर नेपाली युवाहरूलाई ठगी गर्न उनको नाममा आयोजकले टिकट बिक्री गरेको हुनसक्ने महानगरीय प्रहरी अपराध महाशाखाका एक प्रहरी अधिकृत बताउँछन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी भन्छन्, ‘मार्समेलोलाई धेरै रकम उपलब्ध गराउने आश्वासन नेपालका आयोजकले दिए तर अन्त्यमा थोरै रकममा नेपाल आउन नसकेपछि सम्झौता तोडिएको हुन सक्छ। क्रेजी युवाहरूलाई अल्मल्याएर कमाउने नियत आयोजकको देखिन्छ।' तर, यसबारे मार्समेलो ट्विटरमा कुनै कुरा प्रस्ट पारेका छैनन्। उनले नेपालमा प्रस्तुति नदिनुको पछाडि फुड प्वाइजनिङ भएको दाबी गरेका छन्।


Advertisment
Nabil box
Kumari

उनको म्युजिक शैली हेभी इलेक्ट्रोनिक डान्स गर्ने खालको रहने गरेको छ। ट्विटरमार्फत जानकारी दिन रुचाउने मार्समेलोले एक वर्षयता अमेरिका, चीन, दक्षिण कोरिया, भारत र पारग्वेमा आफ्नो प्रस्तुति दिइसकेका छन्। 
उनै विख्यात अमेरिकी डीजे मार्समेलो नआउँदा बुधबार मध्यरात नारायणहिटीपथस्थित ‘क्लब डेजाभु' रणभूमि बनेको खबर अन्नपूर्ण पोस्टमा खबर छ ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x