नायिका करिश्मा किन पाइनन् सांसद बन्न ?

काठमाडौं, १ पुस– नायिका करिश्मा मानन्धरको अन्ततः सांसद बन्न नपाउने भएकीछन् । लामो समय चलचित्रमा सक्रिय नायिका करिश्मा केही वर्षदेखि डा. बाबुरमा भट्टराई अध्यक्ष रहेको नयाँ शक्ति पार्टी नेपालमा आबद्ध थिइन । 


मंसिर १० र २१ मा भएको प्रदेश र प्रतिनिधिससभाको निर्वाचनमा नयाँ शक्ति नेपालको समानुपातिक उम्मेदवारतर्फबाट पार्टीको केन्द्रीय सदस्यसमेत रहेकी करिश्मालाई समानुपातिक प्रणालीको बन्द सूचीको पहिलो नम्बरमा राखेको थियो । तर नयाँ शक्तिले समानुपातिकतर्फ आवश्यक तीन प्रतिशत मत ल्याउन नसक्दा सांसद बन्न नपाउने भएकी हुन्, गोरखापत्रमा खबर छ । 

पुस १, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार