ऋषि धमलाको प्रश्नमा प्रचण्डको इसारा, ओलीले दिए यस्तो जवाफ

काठमाडौं, २ पुस– नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठवन्धनले आइतवार दिउँसो राजधानीको अन्नपूर्ण होटेलमा संयुक्त पत्रकार सम्मेलन आयोजना गरेको थियो । दिउँसो २ बजेदेखि शुरु हुने भनिएको पत्रकार सम्मेलनका लागि १ बजेदेखि नै सञ्चारकर्मीहरु अन्नपूर्ण होटेलमा जम्मा भइसकेका थिए । तर पत्रकार सम्मेलन करिव १ घण्टा ढिलो गरी शुरु भयो । पत्रकार सम्मेलनको शुरुमै एमाले उपाध्यक्ष भीम रावलले संयुक्त प्रेस वक्तव्य पढेर सुनाए ।
वक्तव्य पढेर सुनाइएपछि पत्ररकारले प्रश्न गर्न पाउने भनियो । पत्रकारको प्रश्नको जवाफ दिन एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्ड तयार थिए ।
अन्य पत्रकार सम्मेलनमाजस्तै त्यहाँ पनि पहिलोपटक प्रश्न सोध्न पत्रकार ऋषि धमला अगाडि सरे । ‘पार्टी एकीकरणपछि को अध्यक्ष बन्ने र को प्रधानमन्त्री बेन्ने ?’ धमलालले यस्तै आसयको प्रश्न ओली र प्रचण्डलार्इ सोधे ।
धमालाको प्रश्न सुनेर मञ्चमा बसेका ओली, प्रचण्डलगायत सबै नेता मुस्कुराए । धमलाको प्रश्नमा पहिले जवाफ दिन प्रचण्ड अगाडि सरेका थिए । उनले माइक पनि मिलाउन थालेका थिए । तर के कुरा मिलेन प्रचण्डले ओलीतर्फ इसारा गरेर प्रश्नको जवाफ दिन भने ।
धमलाको जवाफमा ओलीले आफ्ना पुरानै वाक्य दोहर्याउँदै आफू र प्रचण्डले अध्यक्ष हुनका लागि एमाले र माओवादीबीच एकता हुन लागेको नभइ देशलाई आर्थिक समृद्धितर्फ लैजान दुई पार्टीबीच निकट भविष्यमै एकीकरण हुन लागेको बताए ।
पुस २, २०७४ मा प्रकाशितथप समाचार
- कर्णालीका मुख्यमन्त्रीको आश्वासन : हरेक जनताकाे आगनमा मोटर पुग्ने !
- ओली र प्रचण्ड सभागृह पुगे, कार्यक्रम स्थलमा जान सकेनन् !
- सरकारले काठमाडौँलाई निषेधित क्षेत्र घोषणा गरेकोमा विवेकशील साझा पार्टीको आपत्ति
- सिण्डिकेट तोड्ने निर्णयबाट गृह मन्त्रालय ‘पछि नहट्ने’
- प्रदेश ७ ले आइतबार १ अर्ब २ करोड बढीको अल्पकालीन बजेट पाउने
- हिमालको पानी विदेशमा बेचेर समृद्धिमा योगदान गर्छौ : मन्त्री मगर
ताजा समाचार
अन्तर्वार्ता
दुई अध्यक्ष हुने भए आलोपालो प्रधानमन्त्री बन्न किन नहुने ? : पम्फा भुसाल [भिडियो अन्तर्वार्ता] पूरा पढ्नुहोस
रारा आउने पर्यटकलाई अर्ग्यानिक खाना, जनताको घरमा बास : मन्त्री ज्वाला [अन्तर्वार्ता] पूरा पढ्नुहोस
ओलीजीलाई भरोसा गरेका हौं, उहाँले पनि व्यवहारमा देखाउनुपर्यो नि ! : राजेन्द्र महतो [अन्तर्वार्ता] पूरा पढ्नुहोस
प्रतिक्रिया दिनुहोस