कुनै बेलाकी ‘अश्लिल स्टार’ अहिले किन परिन् निशानामा ?

पुस २, २०७४

मुम्बई | पूर्व अश्लिल स्टार तथा बलिउडमा संघर्षरत  अभिनेत्री सन्नी लियोनीको भारतमा चर्को  विरोध  भएको छ  । 
उनी समेत सहभागि हुने गरी आयोजना हुन लागेको एक कार्यक्रमको कारणले उनको विरोध हुन थालेको हो ।

सन्नीले नयाँ वर्ष २०१८ को सुरुवातका लागि एक हंगामेदार पार्टी बेंगलुरमा राखेकी थिइन् । ‘बेंगलुर एन वाइ इ २०१८’ नामाकरण गरिएको पार्टीमा सन्नी आफै पनि प्रस्तुति दिने भएकी थिइन् । 


तर उनको त्यहाँ विरोध भएको हो ।  विरोधका कारण त्यहाँका राज्य सरकारले उनको कार्यक्रममा समेत रोक लगाएको समाचारमा जनाइएको छ ।

पुस २, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार